National life
cg eloctronics

अर्लि बर्ड अफर सहित साइमेक्स इन्क. द्वारा नेपालमा नयाँ अत्याधुनिक बीवाइडी सिलायन सेभेन सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ साउन २०८२, शुक्रबार
344Shares
अर्लि बर्ड अफर सहित साइमेक्स इन्क. द्वारा नेपालमा नयाँ अत्याधुनिक बीवाइडी सिलायन सेभेन सार्वजनिक
ncell

काठमाडौं। बीवाइडीको नयाँ गाडी सिलायन सेभेन नेपालमा बिक्री गर्न सुरु गरिएको छ। बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले सिलायन सेभेन बिहीबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरेको छ।

कम्पनीले गाडीको बुकिङ असार २० गतेदेखि खुलाएकामा बिहीबारबाट बेच्न सुरु गरेको छ। कम्पनीले गाडीको मूल्य केही समयका लागि ‘अर्ली बर्ड अफर’ स्वरुप ७२ लाख ९९ हजार रुपैयाँ तोकेको छ। गाडीको खास मूल्य ७४ लाख ९९ हजार रुपैयाँ हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले यो गाडी गत वर्ष नाडा अटो शोमा प्रदर्शनीमा राखेकामा बिक्री बल्ल सुरु गरेको हो। सिलायन सेभेनले बजारमा डीपल एस ०७, महिन्द्रा बीइ ६, एक्सयूभी ९ ई र लीपमोटर सी १० सँग प्रतिस्पर्धा गर्ने देखिन्छ।

सिलायन सेभेन ४.८ मिटर लामो एसयूभी हो। गाडीमा १०० किलोवाटको मोटर पावर उपलब्ध छ। यसमा ७१.८ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक छ। एक पटकको फुल चार्जमा गाडीले ४४० किलोमिटरभन्दा धेरै रेन्ज दिने कम्पनीले जनाएको छ।

nic asia capital

गाडीमा १५.६ इन्चको रोटेड टचस्क्रिन र १०.२५ इन्चको क्लस्टर उपलब्ध छ। यसमा सिलमा जस्तै हेडअप डिस्प्लेको पनि सुविधा छ। पानारोमिक ग्लास सनरुफ, अगाडि र पछाडि सेन्सर, ३६० डिग्री क्यामेरा, रिभर्सिङ क्यामेरा, एन्ड्रोइड अटो र एप्पल कार प्ले, ६ वटा एयरब्याग, राडर, मल्टिपल क्यामरा, १२ वटा सेन्सर, ब्लाइन्ड स्पट वार्निङ, हाइ बिम असिस्ट, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट गाडीका विशेषता हुन्।

यस्तै फ्रन्टररियर क्रस ट्राफिक अलर्ट, अगाडि र पछाडि क्रस ट्राफिक ब्रेक, ट्राफिक साइन रिकग्नाइजेसन, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम र डोर ओपन वार्निङ गाडीका अन्य फिचर हुन्।

यो समाचार शेयर गर्नुहोस्
344SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?