National life

काठमाडाैंकाे थप तीन ठाउँमा थपियो वान वे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२९ असोज २०८०, सोमबार
401Shares
काठमाडाैंकाे थप तीन ठाउँमा थपियो वान वे
ncell

काठमाडौं । काठमाडौं महानगरपालिकाले थप तीन ठाउँमा एकतर्फी (वान वे) बनाएको छ । महानगरपालिकाले कार्तिक १ गतेदेखि लागू हुने गरी महानगर क्षेत्रभित्र थप तीन ठाउँमा वान वे बनाएको हो ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सवारी आवागमनलाई थप व्यवस्थित बनाउन त्रिपुरेश्वर, कमलादी र दरवारमार्ग सडक खण्डलाई एकतर्फी (वन(वे) बनाइएको महानगरले आज एक सूचना जारी गरेर जानकारी दिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं ११ त्रिपुरेश्वर मूल सडक खण्डको दक्षिणतर्फ त्रिपुरेश्वरबाट गुसिंगाल- सेतोपुल-मिलन मार्गतर्फ जान मात्र पाउने छ ।

Royal Enfield
nic asia capital

यस्तै वडा नं २८ पुतलीसडक, मूलसडक खण्डको पश्चिमतर्फ कमलादी मोडबाट घण्टाघरतर्फ जान मात्र पाउनेछ भने वडा नं १ र २८ मा पर्ने दरवार मार्ग मूल सडकको पूर्वतर्फ महेन्द्र सालिकदेखि कृष्ण पाउरोटी चोक (कमल पोखरी) सम्म जान मात्र पाउने महानगरपालिकाले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
401SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?