National life

कृषि अनुदान हिनामिना गरेर खसी, बोका पाल्नेलाई पनि बाहिर पठाउँ : गृहमन्त्री लामिछाने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ जेठ २०८१, आइतबार
601Shares
कृषि अनुदान हिनामिना गरेर खसी, बोका पाल्नेलाई पनि बाहिर पठाउँ : गृहमन्त्री लामिछाने
ncell

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा आफूमाथि उठेका प्रश्नको जवाफ दिएका छन् । आज ९आइतबार० प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सहकारी ठगी प्रकरणमा आफूमाथि उठेका प्रश्नको जवाफ दिएका हुन् । उनले जवाफका क्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापामाथि कटाक्ष गरे ।

अब सहकारी ठगलाई मात्रै संसद्बाट बाहिर पठाएर नहुने उनको भनाइ छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले कृषि अनुदानको रकम हिनामिना गर्नेलाई पनि संसद्बाट बाहिर पठाउन पर्ने बताए । उनले कांग्रेस महामन्त्री थापालक्षित गर्दै देशको गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाए ।

‘सहकारी ठगी गर्नेलाई मात्र होईन, कृषि अनुदान हिनामिना गरेर कुखुरा, हाँस, माछा, खसी, बोका पाल्नेलाई पनि बाहिर पठाउँ । दुई तीन वटा नागरिकता बोक्नेलाई मात्रै होईन, नागरिकता एउटै बोक्ने, देशकै बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेण्टहरुलाई पनि बाहिर पठाउँ । देशको मन्त्री होस् या पार्टीको महामन्त्री होस्,’– उनले भने ।

यो समाचार शेयर गर्नुहोस्
601SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?