काठमाडौं । गएराति परेको अविरल वर्षाले पहिरो खस्दा गुल्मीको रिडी–वामीटक्सार सडकमा आवागमन रोकिएको छ । उक्त सडक अन्तर्गत चन्द्रकोट गाउँपालिका– ८ र मुसिकोट नगरपािलका–५ को सिमाना नजिकै तल्लो फाँटमा आज बिहान पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध बनेपछि सडकमा आवागमन खुलाउन स्थानीय मजुवा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक शिवधनप्रसाद कठरियाको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले राससलाई जानकारी दिए ।
पहिरो पन्छ्याउने काम भइरहेको उनले बताए । आवागमन रोकिँदा वामीटक्सारबाट रिडिहुँदै पाल्पा र बुटवलसम्म जाने सवारी साधनसाधनबीच बाटोमा रोकिएका छन । उक्त सडक जिल्लामा सबै भन्दा धेरै सवारी साधन सञ्चालन हुने सडक अन्तर्गत पर्दछ । रासस






































