National life

ट्रम्पको कार्यकारी आदेशले यूएसएडका थप ७ कार्यक्रम रोकिए : अर्थ मन्त्रालय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ फागुन २०८१, सोमबार
426Shares
ट्रम्पको कार्यकारी आदेशले यूएसएडका थप ७ कार्यक्रम रोकिए : अर्थ मन्त्रालय
ncell

काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले यूएसएडका ७ वटा कार्यक्रम रोकिएको जनाएको छ । सोमबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो । मन्त्रालयले ट्रम्पको आदेशपछि नेपालमा सञ्चालित विभिन्न कार्यक्रम रोकिएको भन्दै सार्वजनि भएको समाचारहरु प्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

‘सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चार वटा कार्यक्रमहरू ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीन वटा कार्यक्रमहरू डिजाइनको क्रममा रहेकोमा उक्त आदेशबाट यी कार्यक्रमहरू समेत रोकिएको अवस्था छ’, मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार रोकिएका सबै कार्यक्रम डिजाइनको भइरहेको उल्लेख गरेको छ । रोकिएका सबै कार्यक्रमको सम्झौता समेत नभइसकेकाले कुनै सहयोग प्राप्त नभएको मन्त्रालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए।

उनका अनुसार अमेरिकी सहयोग नियोग यूएसएडले नेपालमा सन् १९५१ देखि निरन्तर अनुदान सहायतामार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
426SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?