काठमाडौँ । तारकेश्वर नगरपालिका वडा नं.३ ले राष्ट्रिय परिचयपत्र कार्ड वितरण गर्ने अवधि थप गरेको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि वडाबासिको समस्यालाई ध्यानमा राखेर १० दिन थप गरिएको वडा नं.३ का अध्यक्ष परशुराम अर्यालले जानकारी दिएका छन् ।
''हामीले पुस मसान्त भित्रै नै राष्ट्रिय परिचयपत्र वितरण गरेर सक्ने योजनामा थियौ, सोही अनुसार काम पनि अगाडि बढेको थियो तर वडाबासिको समस्याको कारण यो मिति लम्ब्याउनुपर्ने देखिएकोले माघ १० गतेसम्मलाई वितरण मिति थप गरेका छौ '' अर्यालले आर्थिक भ्वाइससँग भने ।
साथै राष्ट्रिय परिचयपत्र लिन आउदा आवश्यक कागजात सहित उपस्थित हुन अर्यालले आग्रह गरेका छन् । विद्युतीय प्रणालीमार्फत सबै नागरिकको डिजिटल अभिलेख तयार पारी राज्यबाट उपलब्ध हुने सेवा, सुविधा शान्ति सुरक्षा र विकास निमार्णमा आबद्ध गर्दै सुशासन प्रवर्द्धनमामा सघाउ पुर्याउन राज्यले राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्दै आएको छ ।



































