काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वर काठमाडौंमा दिउँसो १ बजेबाट बैठक सुरु हुनेछ ।
बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
साथै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको सचिवालयले जानकारी दिएको छ ।



































