National life

नेपाली जनप्रगतिशील मन्च जापानको साधारण सभा नागोयामा हुदै,ओम शर्मा सहभागी हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ फागुन २०८१, सोमबार
478Shares
नेपाली जनप्रगतिशील मन्च जापानको साधारण सभा नागोयामा हुदै,ओम शर्मा सहभागी हुने
ncell

काठमाडौँ । नेपाली जन प्रगतिशील मञ्च जापानले मार्च ९ तारिकका दिन आफ्नो वार्षिक साधारण सभा गर्ने भएको छ।  उक्त, साधारण सभा नागोया स्थित शहरमा हुने भएको छ ।

अधिवेशनमा नेपालबाट नेकपा एशिया प्रदेश इन्चार्ज  ओम शर्मा लगायत नेताहरूको उपस्थिति रहने मञ्चका अध्यक्ष मोहन पौडेलले जनाएका छन् । मञ्चले कार्यक्रम व्यवस्थापनको जिम्मा भने नागोया क्षेत्रीय कमिटीलाई दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रममा सबै क्षेत्रबाट माओवादी निकट शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहने भएकाले कार्यक्रमको भव्य तयारी थालिएको नागोया क्षेत्रीय अध्यक्ष रञ्जित गौतमले जानकारी दिए।

कार्यक्रममा विभिन्न  क्षेत्रहरूको रिपोर्टिङ ,संगठनको हालसम्मको आर्थिक प्रतिवेदन , विधान संशोधन लगायत विषयहरूमा छलफल  सहित ,विधान अधिवेशन समेत गर्ने निर्णय गरेको महासचिव दावा लामाले जानकारी दिए।

आर्थिक प्रतिवेदनमा संगठनको वार्षिक आय(व्ययको विवरण, प्रस्तुत गरिने कोषाध्यक्ष गैरी सापकोटाले बताए । साथै मञ्चले विधान संशोधन समितिसमेत निर्माण गरेको छ। विधान अधिवेशनमा संगठनको विधानमा सम्भावित संशोधन, नयाँ विधानको तर्जुमा लगायतका विषयमा छलफल हुने विधान संशोधन समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष  श्यामहरि पाण्डेले जानकारी दिएका छन् ।

साधारण सभामा जन प्रगतिशील मञ्च जापानका सल्लाहकारहरू र एशिया प्रदेश लगायतका नेताहरूको उपस्थिति रहनेछ भने नेपालबाट आमन्त्रित नेताहरूको भने राजनीतिक प्रशिक्षण रहने मन्चका प्रवक्ता जिपी लामिछानेले जनाएका छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
478SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?