National life

नेपाल चाइल्डहुड क्यान्सर एलायन्स स्थापना, बाल क्यान्सर उपचार सुदृढ गर्न नयाँ पहल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ फागुन २०८१, सोमबार
441Shares
नेपाल चाइल्डहुड क्यान्सर एलायन्स स्थापना, बाल क्यान्सर उपचार सुदृढ गर्न नयाँ पहल
ncell

काठमाडौं, नेपाल चाइल्डहुड क्यान्सर एलायन्स (NCCA) को उद्घघाटनसँगै, नेपालमा चाइल्डहुड क्यान्सर उपचार सुधार गर्ने प्रयासमा एउटा महत्वपूर्ण उपलब्धि हासिल भएकोे छ । NCCA को आधिकारिक घोषणा स्टेककहोल्डरहरुलाई एकताबद्ध गर्ने, उपचार पहुँच सुधार गर्ने, र देशभरि क्यान्सरसँग संघर्ष गरिरहेका बालबालिकाको सहयोग सुदृढ गर्ने दिशामा एक महत्वपूर्ण कदम हो । यो एलायन्सले रमेश गुप्ता मेमोरियल ट्रस्ट (LESF), लियोनार्डो एडवर्ड श्रेष्ठ फाउन्डेशन  टुगेदर अगेन्स्ट चाइल्डहुड क्यान्सर  र वल्र्ड चाइल्ड क्यान्सर यूके लाई एकत्रित गर्दै बाल क्यान्सरको उपचार, बिरामी र परिवारलाई आवश्यक सहयोग, तथा लामो समयसम्मको पुनःस्थापना सेवालाई मजबुत बनाउन कार्य गर्नेछ ।

उद्घघाटन समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. हरि प्रसाद मैनाली विभिन्न अस्पतालका बालरोग विशेषज्ञ चिकित्सकहरू, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरू को सहभागिता रहेको थियो । एलायन्सको मुख्य उद्देश्य उपचार बाहेकका आवश्यक सहयोगहरू प्रदान गर्नु, जस्तै प्रारम्भिक पहिचान, आर्थिक तथा मानसिक सहयोग, र उपचारपछिको पुनःस्थापना कार्यक्रमहरू सुनिश्चित गर्नु हो

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रमको एक विशेष प्यानल छलफलमा डा. बिश्वनाथ अधिकारी (कान्ति बाल अस्पताल), डा. ऋतु लामिछाने (भक्तपुर क्यान्सर अस्पताल), डा. सुचरिता तुलाधर (पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान), डा. कृष्ण सागर शर्मा (वी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पताल) र डा.सानी सिपाइ (कान्ति बाल अस्पताल) सहभागी थिए। छलफल डा. बिश्वनाथ अधिकारी को संयोजनमा रमेश गुप्ता मेमोरियल ट्रष्टकाका निर्देशक सञ्जय अग्रवालद्धारा अध्यक्षता गरिएको थियो भने नेपालका डा. सुमन पन्थी सह–अध्यक्ष थिए ।

यस अवसरमा ध्ऋऋ नेपालका कार्यक्रम संयोजक, सम्राट रायमाझीले ले एलायन्सको उद्देश्यबारे जोड दिँदै भन्नुभयो, “यो पहल केवल उपचारमा सीमित छैन। बाल क्यान्सरको विरुद्ध लडिरहेका परिवारहरूलाई समग्र रूपमा सहयोग गर्नु आवश्यक छ, र यही लक्ष्यसहित अघि बढ्दैछ ।

प्रमुख कार्यक्रमहरूः

प्रारम्भिक पहिचान र सचेतना अभियान, ताकि क्यान्सरको चाँडै नै निदान र उपचार हुन सकोस् ।

बिरामी परिवारका लागि आर्थिक र मानसिक सहयोग, उपचार बाहेकका कठिनाइ कम गर्न ।

nic asia capital

शिक्षा छात्रवृत्ति तथा बाल क्यान्सर बाँचेकाहरूको समाज, दीर्घकालीन पुनःस्थापनाका लागि ।

अध्यक्ष रोहित गुप्ताले ल्ऋऋब् को महत्वलाई स्पष्ट पार्दै भन्नुभयो, “नेपालमा बाल क्यान्सरको उपचारका प्रयासहरू बिखण्डित रूपमा भइरहेका थिए । यो गठबन्धनले स्रोत, विशेषज्ञता, र वकालतलाई एउटै प्रभावकारी मञ्चमा ल्याउनेछ ।

नेपालमा बाल क्यान्सर उपचारलाई आधुनिक र प्रभावकारी बनाउने उद्देश्यले सरकार, स्वास्थ्य संस्थाहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्य आवश्यक रहेको बताउँदै NCCA ले सबै सरोकारवालाहरूलाई यस अभियानमा सामेल हुन आग्रह गरेको छ । नेपालमा १४ वर्षमुनिका बालबालिकाहरूको लागि निःशुल्क क्यान्सर उपचारको सरकारी घोषणा भएको बेला, यो एलायन्सले उपचारबाहेकका चुनौतीहरू सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

यो समाचार शेयर गर्नुहोस्
441SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?