National life

पिताको सम्झनामा सत्यराज आचार्यले ल्याए पहिलो साहित्यिक कृति ‘१४ फागुन’

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ फागुन २०८१, बिहिबार
902Shares
पिताको सम्झनामा सत्यराज आचार्यले ल्याए पहिलो साहित्यिक कृति ‘१४ फागुन’
ncell

काठमाडौं । दिवंगत भजनशिरोमणि भक्तराज आचार्यका जेठा छोरा संगीतकर्मी सत्यराज आचार्य ‘सराज’ले पहिलो साहित्यिक कृति सार्वजनिक गरेका छन् ।

आचार्यले पिताको पहिलो वार्षिकीको पूण्यतीथिको अवसर पारेर बुधबार महाशिवरात्रिको दिन जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक विशेष समारोहकाबीच आफ्नो पहिलो साहित्यिक कृति ‘१४ फागुन’ लोकार्पण गरेका हुन् ।

जुन दिन पिताले संसार त्यागे, त्यही दिनको सम्झनासहित त्यही मिति शीर्षक राखेर सिर्जित यस पुस्तकमा ८२ वटा हाइकू समावेश छन् । अन्तर्राष्ट्रिय मान्यताअनुसार पुस्तकमा समावेश प्रत्येक हाइकु १७ वटा अक्षरका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त पुस्तक लोकार्पण सभालाई सम्बोधन गर्दै गायकबाट लेखक बनेका सत्यराज आचार्यले पुस्तकमा समावेश भएका १८ वटा हाइकु वाचन गरेर सुनाएका थिए । लोकार्पणका अवसरमा लेखक आचार्यले भने, ‘हामीले जुन कल्पना लिएर यो किताबको तयार गरेका छौं, त्यो भन्दा राम्रो हुन्छ भन्ने पनि अपेक्षा लिएका छौं ।’

कार्यक्रममा सहभागी वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाले भजन शिरोमणि भक्तराज आचार्यद्वारा नेपाली सांगीतिक क्षेत्रमा पुर्याइएको योगदानको स्मरण गर्दै उनका सुपुत्रद्वय सत्यराज–स्वरुपराजमा ‘हुने बिरुवाको चिल्लो पात’ को गुण रहेको स्पष्ट पारे ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
902SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?