भारतस्थित दिल्लीको प्रगति मैदानमा मार्च ४ देखि ८, २०२५ सम्म भव्यताका साथ आयोजित भारतकै सबैभन्दा ठूलो ट्रेड फेयर “आहार” हिजो मार्च ८, २०२५ मा समापन भएको छ । उक्त ट्रेड फेयरमा पहिलो पटक नेपालबाट सहभागी काबरा ग्रुपले क्वालिटी एण्ड स्न्याक्स प्रा.लि., क्वालिटी फूड्स नेपाल प्रा.लि. र क्वालिटी नूडल्स इण्डष्ट्रिज प्रा.लि. का लोकप्रिय उत्पादनहरू बिस्कुट, स्न्याक्स तथा नूडल्सहरू “आहार” ट्रेड फेयरमा राखेको थियो ।
प्रगति मैदानमा आयोजित “आहार” ट्रेड फेयरमा आकर्षक रुपमा सिंगारिएको स्टलमा प्रदर्शित बिस्कुट, नूडल्स तथा स्न्याक्सहरू अवलोकनकर्ताहरूको आकर्षणको केन्द्रमा रहेको थियो भने केटाकेटीदेखि युवा र प्रौढदेखि बृद्धबृद्धासम्मलाई सुहाउ“दो बजारमूल्यमा नौलो स्वाद र आकर्षक प्याकेजिङका साथ प्रस्तुत गरेको "JACKPOT" ब्राण्डका नूडल्स तथा स्न्याक्सहरूप्रति सर्वसाधारण देखि उद्योगी व्यवसायीहरूले अवलोकनको क्रममा देखाएको उत्सुकता, स्थानीय तथा तेश्रो मुलुकका व्यवसायीहरूको उत्साहजनक उपस्थितिका साथै व्यावसायिक सोधखोज, छलफल र अन्र्तकृया समेत सम्पन्न गर्न सफल भएको सो ट्रेड फेयरमा भारतीय व्यवसायीहरूले प्रदेश र क्षेत्रगत सुपर डिष्ट्रिब्युटर्स, सोल डिष्ट्रिब्युटर्स र रिजनल डिष्ट्रिब्युटर्सको प्रस्तावनाहरू पेश गरेका छन् भने तेश्रो मुलुकबाट आएका व्यवसायीहरूले पनि डिष्ट्रिब्युटरका लागि आ—आप्mनो प्रस्तावहरू पेश गरेका छन् । “आहार” ट्रेड फेयरमा प्राप्त भएको यो सफलताले प्रोत्साहित काबरा ग्रुपले आउ“दो वर्षमा अनुमानित २०० करोड माथिको निर्यात गर्ने लक्ष्य राखेको छ ।
ग्रुपअन्तर्गतका बिस्कुट, स्न्याक्स तथा नूडल्स उद्योगहरू वर्तमानमा श्याम काबराका छोरा सिद्धार्थ काबरा र राजेश काबराका छोरा मिलिन्द काबराले सम्हालिरहनु भएको छ । विषयगत अध्ययन, राष्ट्रिय अन्तर्राष्ट्रिय बजारलाई नजिकबाट हेर्दै आउनुभएका सिद्धार्थ काबरा र मिलिन्द काबरा जा“गरिलो र मिजासिलो हुनुका साथै सबै तह र तप्काहरूलाई साथ लिएर हि“ड्न हि“डाउन सक्ने क्षमता भएका युवा पुस्ता हुनुहुन्छ । उद्योगहरूको जिम्मेवारी सम्हाल्नुभएको छोटो समयमा नैं उहा“हरूले कारोवारमा
दिनानुदिन बृद्धि गर्दै विशेषतः नूडल्स तथा स्न्याक्स सेगमेण्टमा "KAB'S JACKPOT" लाई भारतीय बजारमा एक स्थापित ब्राण्डको रुपमा ब्राण्डिङ गराउन सफल हुनुभएको छ भने सार्क मुलुकका अन्य देशहरू लगायत तेश्रो मुलुकमा आज पनि निर्यात गर्दै आइरहनुभएको छ ।




































