National life

मेलम्चीको पानीको थोक आपूर्ति प्रणालीको पाइपलाइनमा क्षति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० माघ २०८१, बुधबार
401Shares
मेलम्चीको पानीको थोक आपूर्ति प्रणालीको पाइपलाइनमा क्षति
ncell

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतलाइन भूमिगत गर्ने क्रममा काठमाडौंको बबरमहलमा मूल सडकको वन परिसरतर्फको सडकमुनी बिच्छ्याइएको मेलम्चीको पानीको थोक आपूर्ति प्रणालीकोे पाइपलाइनमा आज क्षति पुगेको छ ।

आयोजना कार्यान्वयन निर्देशनालय (पी.आई.डी.) बाट वनपरिसर तर्फको सडकमुनी बिच्छ्याइएको मेलम्चीको पानीको थोक आपूर्ति प्रणालीको २० इञ्चको पाइपलाइन नेपाल विद्युत प्राधिकरणको ठेकेदार कम्पनी के.ई.आई. ले निर्देशनालयबाट उपलब्ध गराइएको थोक वितरण प्रणालीको जी.आई.एस. म्यापलाई बेवास्ता गरी कार्य गर्दा पाइप फुटेर क्षति भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

वन परिसर अगाडिको सडकमा विद्युतलाइन भूमिगत गर्नका लागि पाइलट ड्रिलिङ पश्चात् रिमिङ गर्दा असावधानीबश मेलम्चीको उक्त पाइपलाइनमा क्षति पुगेको निर्माण कम्पनी के.ई.आई. का सुपरभाइजर अविनाश कुमारले स्वीकार गर्नुभएको छ ।

पी.आई.डी. बाट हस्तान्तरण भई काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९प्ग्प्ी० बाट संचालनमा रहेको उक्त पाइपलाइनमा हाल मेलम्चीको पानी पठाउन बन्द गरिएको छ र क्षतिग्रस्त पाइपलाइन तत्काल मर्मत गर्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरिएको छ ।

nic asia capital

यसअघि, पी.आई.डी. ले काठमाडौं उपत्यकामा विच्छ्याइएका मेलम्चीका थोक वितरण प्रणाली र वितरण सञ्जालका पाइपलाइनमा क्षति नपुग्नेगरी निर्देशनालयसँग समन्वय गरेर मात्र विद्युतलाइन भूमिगत गर्ने, सडक तथा ढल निर्माण÷मर्मत गर्ने लगायतका कार्य गर्न सम्बन्धित निकायहरूलाई पटक पटक आग्रह गर्नुका साथै पत्राचार समेत गर्दै आएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
401SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?