National life

अध्यादेशमार्फत ऐन संशोधन गर्दै जनताको सुझावलाई बजेटमा सम्बोधन गर्छौ: प्रधानमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ चैत २०८०, शुक्रबार
643Shares
अध्यादेशमार्फत ऐन संशोधन गर्दै जनताको सुझावलाई बजेटमा सम्बोधन गर्छौ: प्रधानमन्त्री
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा जनताले परिवर्तनको महसुस गर्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) जिल्ला पार्टी गोर्खाले आयोजना गरेको कार्यकर्ता भेटघाट एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षमा विकास र निर्माणका क्षेत्रमा प्रभावकारी आयोजना लिएर आउने बताएका छन्।

आगामी आर्थिक वर्षको बजेट विगत आर्थिक वर्षको जस्तो नहुने दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले अध्यादेशमार्फत ऐन संशोधन गरेर जनताको सुझावलाई समेटेर नीति तथा कार्यक्रम निर्माण भइरहेको स्पष्ट पारेका छन् ।

आगामी आर्थिक वर्षको बजेट निर्माणबारे जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले परिणाम दिने आयोजनालाई मात्र बजेटको व्यवस्था गरिने स्पष्ट पारे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
“गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ”, प्रधानमन्त्री प्रचण्डले भने , “जलविद्युत, जडीबुटी र एवं अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु यो पटक जनताले बुझ्ने गरी बजेट विनियोजन हुनेछ ।”

“आगामी आर्थिक वर्षमा देशभर सुशासन एवं सामाजिक न्यायका पक्षमा महत्त्वपूर्ण काम भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने , “शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्ट्राचार गर्ने कोही पनि छुट्ने छैनन्, सुशासनको सरकारको काम अगाडि बढ्छ ।”

माओवादीले मात्र सामाजिक न्यायको क्षेत्रमा लाखौँ मिटर ब्याजबाट पीडितलाई न्याय दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यही सरकारले मात्र विदेशमा रहेका श्रमिक एवं देशभित्रका न्यून आय भएका श्रमिकलाई सामाजिक सुरक्षामा समावेश गराइएको बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
643SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?