National life

अबको मौद्रिक नीति लचिलो नीति अपनाउँदै तथ्यमा आधारित ल्याउँछौंः गभर्नर अधिकार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ असार २०८१, मङ्गलबार
679Shares
अबको मौद्रिक नीति लचिलो नीति अपनाउँदै तथ्यमा आधारित ल्याउँछौंः गभर्नर अधिकार
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/०८२ मौद्रिक नीति खुला भएर लचिलो नीति अपनाउँदै तथ्याङ्कमा आधारित भएर ल्याउने बताएका छन् ।

सेजनले आयोजना गरेको मौद्रिक नीतिपूर्वको छलफल कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले ठूला ऋण लिएकाहरुले आफू अनुकूल मौद्रिक नीति जारी होस् भनेर विभिन्न खालका दवावहरु आइरहेको बताउँदै कुनै प्रकारको दवावबाट प्रभावित नभई मौद्रिक नीति जारी हुने बताएका हुन् ।

गभर्नर अधिकारीले विगत एक वर्षदेखि बैंकको ब्याजदर सहज हुँदै आएपछि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा एकोमोडेटिप पोलिसी एडप्ट गरिरहेको बताए । उनले नेपालको लगानी,पुँजीगत खर्च उत्पादनशील नभएको बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकले गरेको प्रभावकारी नियमनकै कारण नेपालको बैंकिङ क्षेत्र सक्षम र बलियो रहेको बताउँदै आगामी दिनमा ग्राहकको हित संरक्षणको लागि समेत केन्द्रीय बैंकले काम गर्ने बताए।

साथै उनले राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो र तेस्रो समीक्षामा नै लचिलो मौद्रिक नीति अपनाउँदै आएको बताउदै आगामी मौद्रिक नीतिमा पनि सरोकारवाला निकायहरूसँग आवश्यक छलफल भईरहेकोले खुला मौद्रिक नीति ल्याउने बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
679SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?