National life

अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि थप काम गर्न आवश्यक छ: गभर्नर अधिकारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ पुस २०८१, बुधबार
506Shares
अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि थप काम गर्न आवश्यक छ: गभर्नर अधिकारी
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि अझै अपेक्षित प्रगति हुन नसकेको बताएका छन् । सोमबार राष्ट्र बैंकमा नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अधिकारीले पछिल्लो समय आर्थिक गतिविधिहरू केही सुधारिएको भए पनि सोचे अनुरूपको प्रगति नभएको बताएका हुन् ।

गभर्नर अधिकारीले भने,“मंसिरको रिपोर्टले पनि आर्थिक गतिविधिहरू केही सन्तोषजनक रहेको देखाएको छ । सार्वजनिक र निजी क्षेत्रबाट भएका प्रयासहरूलाई राष्ट्र बैंकले आर्थिक सहयोग प्रदान गरेको छ, जसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुर्‍याएको छ।”

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अधिकारीले पछिल्लो समय राज्यमा औद्योगिक क्षेत्रको विकास हुँदै गएको दाबी गरेका छन् । “२०४८ सालदेखि अहिलेको अवस्था हेर्दा उद्योगहरूको आकार ठूला भएका छन् । सिमेन्ट, रडजस्ता उद्योग फस्टाइरहेका छन्, जसले बैंकहरूमा ऋणको माग बढाएको छ । यो माग अर्थतन्त्रलाई चलायमान बनाउन सकारात्मक मान्नुपर्छ,” उनले थपे ।

गभर्नर अधिकारीले केही क्षेत्रमा संकटको चर्चा भए पनि नेपालले अन्तर्राष्ट्रिय स्तरमा ‘कन्ट्री रेटिङ’लाई कायम राखेको उल्लेख गरे । “यो नेपालका लागि एउटा सफलता हो,” उनले भने ।

गभर्नर अधिकारीले योजनाहरू समयमा सुरु गरेर सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए । मन्त्रालय र विभागहरूलाई थप सक्रिय भएर काम गर्नुपर्ने उनको सुझाव छ । उनले आर्थिक सुधारका लागि प्रयासहरू जारी रहेको र थप समय लाग्ने बताए। “ठ्याक्कै जादुको छडीजस्तो केही छैन ।

योजनाहरूलाई समयमै कार्यान्वयन गर्नु आवश्यक छ”, गभर्नर अधिकारीले भने । अधिकारीले पत्रकारहरूलाई तथ्यमा आधारित र अनुसन्धानमूलक समाचार लेख्न आग्रह गरेका छन् । उनले गलत सूचनाका कारण जनतामा नकारात्मक धारणा बनिरहेको भन्दै जिम्मेवारीपूर्वक लेख्नुपर्नेमा जोड दिए । गभर्नर अधिकारीले भने,“तपाईँहरूले लेख्ने समाचार जनताको लागि हो। सही कुरा लेख्नुभयो भने जनताको धारणा सकारात्मक बन्छ, तर गलत लेखे नकारात्मक धारणा पुग्छ ।”

उनले हालका केही युट्युब भिडियोहरूलाई उदाहरण दिँदै एकतर्फी सूचना प्रवाहले विकृति निम्त्याएको उल्लेख गरे। “कतिपय भिडियोहरूमा भित्री वास्तविकता अर्कै हुँदाहुँदै बाहिर बेग्लै कुरा प्रस्तुत गरिन्छ। यसले अन्य क्षेत्रमा विभिन्न विकृतिहरू ल्याएको छ,” उनले भने।

अधिकारीले पत्रकार र राष्ट्र बैंकबिच सहकार्य आवश्यक रहेको भन्दै कार्यक्रम आयोजना गर्नुअघि परामर्श गर्न सकिने बताए। “हामी तपाईँहरूको नजिक छौँ। टाढा रहँदैनौँ। कुनै कार्यक्रम गर्न लाग्नुभएको छ भने हामीलाई पनि भन्न सक्नुहुन्छ,”उनले भने । यस भेटघाटमा अधिकारीले राष्ट्र बैंकसँग सम्बन्धित विषयमा गहन जानकारी राख्नुपर्ने आवश्यकता पनि व्यक्त गरे ।

यो समाचार शेयर गर्नुहोस्
506SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?