National life

आजदेखि ग्लोबल मनि विक २०२५ मनाउँदै, क्षमता अनुसार खर्च र बचत गर्न गभर्नर अधिकारीको सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ चैत २०८१, सोमबार
503Shares
आजदेखि ग्लोबल मनि विक २०२५ मनाउँदै, क्षमता अनुसार खर्च र बचत गर्न गभर्नर अधिकारीको सुझाव
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजदेखि ग्लोबल मनि विक २०२५ मनाउने भएको छ । राष्ट्र बैंकले चैत ४ गतेदेखि चैत १० गतेसम्म मनाउने भएको हो।

‘थिंक बिफोर यु फलो वाइज मनी टुमारो’ भन्ने नाराका साथ राष्ट्र बैंकले राष्ट्रिय संयोजकको रूपमा यो सप्लाहव्यापी कार्यक्रम गर्ने भएको छ । बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ आर्थिक सहयोग र विकास संगठन (ओइसिडि) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकले आजदेखि ग्लोबल मनी विकको १३ औं श्रृखला मनाउन भएको छ । नेपालमा यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै ग्लोबल मनी विक मनाइने राष्ट्र बैंकले जनाएको छ ।

सोही ग्लोबल मनी विकको उद्घाटनमा बोल्दै नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीले बचत गर्ने बानी बसाल्नुपर्ने सुझाव दिएका छन्। उनले बैंकभित्र बचतका पनि विभिन्न प्रडक्टहरू हुने गरेको बताउँदै त्यस विषयमा पनि बुझ्न आवश्यक रहेको बताएका छन् ।

पछिल्लो समय डिजिटल कारोबार बढेको बताउँदै त्यसमा आफू धेरै सन्तुष्ट रहेको बताए। डिजिटल कारोबारमा अवसरसँगै धेरै चुनौती पनि रहेको सुनाउँदै सबैले सर्तक भएर कारोबार गर्‍यो भने सुरक्षित बन्न सकिने बताए।

वित्तीय ज्ञानले व्यक्तिको व्यवहारमा पनि परिवर्तन ल्याउन भूमिका खेल्ने उनको भनाइ छ । वित्तीय साक्षरताले स्वच्छ समाज र सिंगो राष्ट्रलाई पनि स्वच्छ बनाउन भूमिका खेल्ने उनको धारणा छ । साथै घाँटी हेरेर हाड निल्नुपर्ने स्मरण गराउँदै आफ्नो क्षमताअनुसारको खर्च गर्नु गभर्नर अधिकारीले सुझाव दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
503SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?