National life

आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन प्रहरीलाई गृहमन्त्री लामिछानेको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ फागुन २०८०, आइतबार
432Shares
आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन प्रहरीलाई गृहमन्त्री लामिछानेको निर्देशन
ncell

काठमाडौँ । (आज) आइतबार बिहान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन प्रहरी अधिकृतलाई निर्देशन दिएका छन्।

प्रहरी हेडक्वार्टर निरीक्षण गर्न पुगेका लामिछानेले त्यहाँ आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उक्त निर्देशन दिएका हुन्। ‘प्रहरी कर्मचारी गैर व्यावसायिक क्रियाकलापमा संलग्न रहेको प्रमाणित भए हदैसम्मको कारबाही गरिने चेतावनी दिएका छन्।

कुनै शक्तिले भनसुन गरेर जोगाइदिन्छ भन्ने अपेक्षा विल कुल नराख्नु होला।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कानुनअन्तर्गत रहेर तपाईँहरूले गर्ने हरके कामको जिम्मेवारी लिन्छु। परेको चुनौती पनि व्यहोर्छु,’ लामिछानेले भने, ‘तस्कर, गुण्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य देख्नु नपरोस्, कुनै नेताको चाकडी गरेको देख्न  र सुन्न नपरोस्।’

गृहमन्त्री लामिछानेले सरुवा–बढुवाका लागि समेत शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्न आफू गृह मन्त्रालयमा आएको बताउँदै सरुवा बढुवाका लागि नेताको दैलो गुहार्ने प्रणाली अन्त्य हुनुपर्ने निर्देशन दिएका छन्।

‘राजनीतिक हस्तक्षेपका कारण संगठन र त्यसको नेतृत्वले वृत्ति–विकासको सुनिश्चितता गर्न नसक्दा सरुवा–बढुवाका लागि समेत शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्न चाहन्छु’ उनले भने, ‘त्यसको सुरुआत पहिलो पटक गृहमन्त्री हुँदा डिआइजी र एसएसपीहरूको सरुवाका क्रममा गरेको थिएँ। त्यस बेला सरुवा भएर मधेस प्रदेशमा जानुहुने वर्तमान महानिरीक्षकले नै त्यसबारे धेरै बताउन सक्नुहुन्छ’।

लामिछानेले आफू प्रहरीमा रहेको ३० वर्षे सेवा अवधि हटाउने पक्षमा रहेको पनि बताए। उनले प्रहरी समायोजन सम्बन्धीको ऐन तत्काल टुंगोमा पुर्‍याउनुपर्ने बताए । ‘तीस वर्षे सेवा अवधिको विषयमा म क्लियर छु, यो हटाउनुपर्छ। तर, के, कसरी र कुन बेला भन्ने कुरा छलफलबाट टुङ्ग्याउनुपर्छ। यसमा पनि कोही न कोहीले त्याग गर्नुपर्छ। कसैलाई तत्काल लाभ वा हानी पनि पर्न सक्छ। व्यक्तिलाई होइन अधिकांशको हित हुने गरी दीर्घकालसम्मका लागि नीति बनाउनुपर्छ’ उनले भने।

कुनै पनि अपराधका घटनामा निष्पक्ष छानबिन गर्न प्रहरी अधिकृतलाई निर्देशन दिँदै राजनीतिक र आर्थिक कुरामा सदैव टाढै रहन आग्रह गरे । लामिछानेले भने ‘कुनै पनि घटना वा अपराधको छानबिन वा अनुसन्धान हुँदै गर्दा को प्रतिवादी हुने वा नहुने भन्ने निर्धारण आदेशले होइन प्रमाणले गर्नुपर्छ।

यो समाचार शेयर गर्नुहोस्
432SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?