National life

आर्थिक उत्साह जगाउनेगरी मौद्रिक नीति आएको छ: गभर्नर अधिकारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० साउन २०८१, आइतबार
873Shares
आर्थिक उत्साह जगाउनेगरी मौद्रिक नीति आएको छ: गभर्नर अधिकारी
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आर्थिक गतिविधिलाई क्रियाशील बनाउने गरि ल्याएको उल्लेख गरेका छन् ।

आज मन्त्रालयमा मौद्रिक नीतिमाथि निजी क्षेत्रसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले निजी क्षेत्र र आर्थिक गतिविधिमा निराशामा रहेको परिस्थितीलाई मध्यनजर गर्दै त्यसलाई उत्साहमा परिणत गर्नेगरि मौद्रिक नीति आएको उनको भनाई छ ।

साथै, गभर्नर अधिकारीले मौद्रिक नीति अन्तर्राष्ट्रिय पूँजीबजार, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाली समाजका आधारभूत आवश्यकताका आधारमा ल्याइएको दाबी समेत गरेका छन् ।

गभर्नर अधिकारीले केही ठाउँहरूबाट केही क्षेत्रहरू नसमेटिएको भन्ने गुनासो समेत आउने गरेको उल्लेख गर्दै राष्ट्र बैंकले सबै क्षेत्रलाई समान व्यवहार गरेको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निजी क्षेत्रलाई स्वतन्त्रता दिइएको भएपनि आर्थिक अस्थिरता पैदा हुनेगरी काम गर्न नदिने उनको भनाइ छ।

यो समाचार शेयर गर्नुहोस्
873SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?