National life

काम गर्न आएको हु अन्तिम सेकेण्डसम्म पनि बजारलाई फाइदा पुग्ने काम गरेर जान्छु :अध्यक्ष हमाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ मंसिर २०८०, शुक्रबार
560Shares
काम गर्न आएको हु अन्तिम सेकेण्डसम्म पनि बजारलाई फाइदा पुग्ने काम गरेर जान्छु :अध्यक्ष हमाल
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफु बजार सुधारका लागि स्पष्ट खाका बोकेर आएकाले कार्यकालको अन्तिम सेकेण्डसम्म पनि बजारलाई फाइदा पुग्ने काम गरेर जाने बताएका छन् ।

शुक्रबार नबिल स्टक डिलर लिमिटेडको सुभारम्भ समारोहमा बोल्दै उनले भने, ‘मैले सरकारलाई कुनै झोले योजना बुझाएर आएको होइन । गभर्नेन्स, इन्फोर्समेन्ट र इम्प्रुभमेन्ट गर्छु भनेर स्पष्ट खाकासहित आएको हुँ ।’

कार्यकाल सकिनै लाग्दा सेबोन अध्यक्ष हमालले संचारमाध्यमप्रति लक्षित गर्दै सेबोनबाट जाँदाजाँदै महत्वपूर्ण नीतिगत सुधारको काम गरेर जान आग्रह गरिनु पर्नेमा त्यस्तो नभइरहेको गुनासो गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले लकइन अवधिका सम्बन्धमा सीडीएससी र नेप्सेले लगानीकर्ताहरुले सजिलोसँग हेर्न पाउने गरी सबै कुरा अनिवार्य उल्लेख गर्नुपर्ने र त्यसो नगरिए कारबाही गरिने कुरामा प्रष्ट हुन आग्रह गरे ।

२० दिन अनिवार्य राख्नु पर्ने र लकइन सकिएको १ हप्तासम्म पनि विवरण हटाउन नहुने उनले बताए । लकइन अवधिको सिस्टमबाट पुरानो ल्याकअप ट्रान्सप्यारेन्सीमा सुधार आएको उनले जिकिर गरे ।

लगानीकर्ताको हितमा नरहेका नीतिहरु तुरुन्तै परिवर्तन गर्न सकिने बताउँदै उनले नियामकहरु पूरानै मान्यताबाट चलिरहेको कुरा आफुलाई स्वीकार्य नहुने धारणा राखे । यस्तै, हमालले १० प्रतिशत शेयर जारी गर्ने नीति सबै खाले कम्पनीहरुका लागि न्यायोचित रहेको जिकिर समेत गरेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
560SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?