National life

ग्राहकलाई ठगी गर्ने, झुक्क्याउने र दुःख दिने जुनसुकै बैंकलाई कारबाही गर्छौ : गभर्नर पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ असार २०८२, सोमबार
696Shares
ग्राहकलाई ठगी गर्ने, झुक्क्याउने र दुःख दिने जुनसुकै बैंकलाई कारबाही गर्छौ : गभर्नर पौडेल
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले कुनै बैंकले ग्राहकलाई ठगी गर्ने, झुक्क्याउने लगायतका नीति विपरीतको काम गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् ।

आज जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासंघ र बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरूसँग छलफल गर्दै गभर्नर डा.पौडेलले ग्राहकलाई समस्यामा पार्ने वा विभिन्न बाहानामा ठगी गरेको पाइए तत्काल कारबाही गर्ने बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले बैंकहरूलाई ऋण लिन आउने जोसुकैसँग राम्ररी व्यवहार गर्न र ग्रामीण भेगका किसान र अशिक्षित ग्राहकहरूका लागि विशेष दोभासे बैंकमा व्यवस्था गर्न निर्देशन दिएका छन्। सहभागीले विगतमा बैंकहरूले धितो राखी ऋण लिएका ऋणीहरूलाई विभिन्न जटिल परिस्थिति उत्पन्न गरी धितो लिलाम गरेको गुनासो गरेपछि गभर्नर डा.पौडेलले यस्तो निर्देशन दिएका हुन।

छलफलका क्रममा मिटर ब्याजका समस्या न्यूनीकरण गर्न सरकारले अपनाएका कदमहरू राम्रो भए पनि ग्रामीण भेगमा बसोबास गर्ने गरिब जनताहरूलाई विवाह भोज भतेरका लागि ऋण पाउन अझ: गाह्रो भएको निष्कर्ष निकालिएकोमा गभर्नर डा.पौडेलले यसको समाधानका लागि सरकारले थप नीति बनाउन आवश्यक रहेको धारणा राखे ।

यो समाचार शेयर गर्नुहोस्
696SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?