National life

डिजिटलाइजेशनको विकल्प अर्को हुन सक्दैन: गभर्नर अधिकारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ पुस २०८०, सोमबार
587Shares
डिजिटलाइजेशनको विकल्प अर्को हुन सक्दैन: गभर्नर अधिकारी
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेशनको अर्को विकल्प हुन नसक्ने बताएका छन् ।

नेपाल क्लियरिङ हाउसको १५ औं वार्षिकोत्सव समारोहलाई काठमाडौँमा सम्बोधन गर्दै गभर्नर अधिकारीले यस विषयमा यस्तो धारणा राखेका हुन । उनले डिजिटलाइजेशनले समाजमा सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुनसक्ने विकृतिहरू हटाउने र अरू खालका विकृतिहरू हटाउँदै लैजाने बताए ।

उनले डिजिटलाइजेशनले आर्थिक पारदर्शिता बढाउने र आर्थिक प्रणाली अझ बलियो बन्दै जाने दाबी गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालमा डिजिटलाइजेशन प्रणालीको बिस्तार बढिरहेको र अहिलेसम्मको प्रगतिबाट गर्व गर्नुपर्ने बताए । आम नागरिकहरू पनि चाँडो भन्दा चाँडो डिजिटल पेमेन्टमा जानुपर्ने बताए । उनले फाइनान्सियल क्षेत्र परिवर्तनकारी क्षेत्र भएकाले यसलाई अझ बलियो बनाएर लैजानुपर्ने आवश्यकता रहेको अधिकारीले बताए।

गभर्नर अधिकारीले सबै सरोकारवाला संस्था र क्षेत्रहरू लाग्ने हो भने अरू मुलुकले झैँ समग्र अर्थतन्त्रलाई डिजिटलाइजेशन गर्न सकिने उनको भनाई छ।

यो समाचार शेयर गर्नुहोस्
587SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?