काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्राकृतिक विपद्को समयमा स्वयंसेवकको भूमिका निभाउनका लागि राजनीतिक दलहरूसँग स्वमय सेवकको विवरण माग गरेका छन्।
बिहीबार मनसुन पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँग अन्तरक्रिया गर्दै गृहमन्त्री मन्त्री लामिछानेले राजनीतिक दलहरूसँग विपद्मा स्वयंसेवा गर्ने व्यक्तिहरूको विवरण माग गरेका छन् ।
मनसुनजन्य विपद्मा स्वयंसेवकहरूको आवश्यक पर्ने उल्लेख गर्दै दलहरूले आफ्नोतर्फबाट कति स्वयंसेवक दिन सक्छन्, सोही अनुसार मन्त्रालयले योजना बनाउने बताए । उपप्रधानमन्त्री लामिछानेले प्राकृतिक विपद्का बेलामा काम गर्नका लागि राजनीतिक दलहरूको साझा मञ्च बनाउनु आवश्यक रहेको भन्दै यसतर्फ पनि सरकारले सोचेको बताए ।


































