National life

नयाँ मापदण्ड अनुसार निर्माण भएका कुनै पनि घर भत्किँदैन : मेयर शाह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ भदौ २०८१, आइतबार
861Shares
नयाँ मापदण्ड अनुसार निर्माण भएका कुनै पनि घर भत्किँदैन : मेयर शाह
ncell

काठमाडौँ। काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले नयाँ मापदण्ड अनुसार बनेका महानगर अन्तर्गत पर्ने कुनै पनि घर नभत्किने बताएका छन् । भत्काउनै परे सरकारले मुअब्जा दिनुपर्ने शाहको भनाई छ ।

सामाजिक सञ्जालमार्फत बालेन्द्रले सरकारलाई प्रश्न गर्दै भनेका छन् 'आफै धामी, आफै झाँक्री। कानुन बनाउने कसले हो ? सरकारको नेतृत्व कसले गरेको हो ?अदालतमा न्यायाधीश नियुक्त गर्ने संवैधानिक परिषद्मा को छ ?'

यो प्रकरणमा सङ्घीय सरकारले दोहोरो नीति लिएको आपत्ति जनाएका उनले थप लेख्छन्– 'खोलाको मापदण्ड र कानुन आफै बनाउने, आफै सहभागी भएको परिषद् देखि न्यायाधीश आउने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सरकार आफ्नै । कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्नै। अनि, भएको कानुन र फैसलालाई कार्यान्वयन गर्दा दोष जति काठमाडौँ महानगरलाई रु गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ ।'

तपाईँ को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन, निश्चिन्त रहनुहोस् । भत्काउनै परे सरकारले मुआब्जा दिनु पर्छ। ५० वर्ष पहिलेको तीनकुनेको मुआब्जा दिन नसक्ने सरकारले तपाईँलाई दिन नि सक्दैन, भत्काउन नि सक्दैन । तपाईँको लागि हामी छदै छौ , केन्द्र सरकारलाई दबाब दिनुहोस् उनले सामाजीक संजालमा फेशबुकमा लेखेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
861SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?