काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश संरचना पार्टीका तेस्रो तहका नेताहरूलाई राख्ने स्थल बनेको बताए।
बुधवार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।
उनले भने, प्रदेश संरचनालाई लिएर हामीले राखेका केही प्रश्नहरूलाई लिएर धेरै जिज्ञासाहरू छन् । हामीले सही ढङ्गको बनाउनुपर्छ भनेको हो।
तेस्रो लेयरका राजनीतिक दलका नेताहरूलाई पार्किङ गर्ने, पार्किङ स्थल भएको छ। तसर्थ, प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको लामिछानेको भनाई छ ।


































