National life

बीमा ऐनले निर्दिष्ट गरेका जिम्मेवारी पूरा गर्न सरोकावाला सबैको भूमिका महत्वपूर्ण छः अध्यक्ष ओझा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ चैत २०८१, शुक्रबार
584Shares
बीमा ऐनले निर्दिष्ट गरेका जिम्मेवारी पूरा गर्न सरोकावाला सबैको भूमिका महत्वपूर्ण छः अध्यक्ष ओझा
ncell

काठमाडौं । नव नियुक्त नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐनले निर्दिष्ट गरेका जिम्मेवारी पूरा गर्नका लागि कर्मचारी युनियनहरू, बीमकका संस्थाहरू लगायत सरोकावाला सबैको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।

आज नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशनको ललितपुरमा उद्घाटन गर्दैै अध्यक्ष ओझाले बीमा क्षेत्रलाई सुव्यवस्थित रूपमा अगाडि बढाउनका लागि सम्वद्ध सबैसँग सहकार्य गर्न प्राधिकरण पूर्णरूपमा तयार रहेको धारणा व्यक्त गरेका छन् ।

बीमा क्षेत्रका समस्याहरू सरोकावालाहरू सबैसँग मिलेर समाधान गर्न सकिने उल्लेख गर्दै अध्यक्ष ओझाले बीमा क्षेत्रलाई व्यवस्थित, विश्वसनीय र पारदर्शी बनाउनु नै मुख्य प्राथमिकता भएको धारणा राखेका छन्।

अध्यक्ष ओझाले सरकारले दिएको जिम्मेवारी कामबाट नै पूरा गर्न र बीमा क्षेत्रमा असल अभ्यास प्रवद्र्धन गर्न सम्वद्ध सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले कर्मचारीहरूका हक, हित लगायतका विषयमा कर्मचारी युनियनहरूसँग सहकार्य गर्न व्यवस्थापन तयार रहेको बताए । कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष शम्भु प्रसाद मिश्रले गरेका थिए।

यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?