National life

मुुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिगत दर हेरफेर गरेको हौ : गभर्नर अधिकारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ मंसिर २०८०, शुक्रबार
576Shares
मुुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिगत दर हेरफेर गरेको हौ : गभर्नर अधिकारी
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको कार्यान्वयन वर्षभरी विभिन्न फेजमा गर्नु पर्ने भएका कारण आत्तिनु पर्ने अवस्था नरहेको उल्लेख गरेका छन् ।

एकै पल्ट यो वा त्यो किन भएन भनेर आत्तिनु पर्ने अवस्था नरहेको बताँउदै । चालू आर्थिक वर्ष मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले मन्दीको अवस्थामा राष्ट्र बैंकप्रति सबै क्षेत्र र तप्काबाट अपेक्षा रहनु स्वभाविकै भएको बताएका छन् ।

उनले हाल बैंक तथा वित्तीय संस्थामा लिक्विडिटीको अवस्था प्लस भए पनि सोचे अनुसारको कर्जा जान नसकेको जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले व्याजदर करिडोर मेन्टेन गर्न आफुहरु सक्षम रहेको बताउँदै केही उपकरणहरुमा एक दुई महिना आँखा चिम्लिनुपर्ने अवस्था आएको सुनाए ।

उनले सीआरआर भने अहिले चलाउने अवस्था नरहेको बताएका छन्। यस्तै, सुझबुझले अघि बढ्दा बढ्दै पनि कठिनाईमा परेका ऋणीहरुले आफुलाई सहज हुने ढंगले चैत मसान्तसम्म आफ्नो कर्जाको पुनःसंरचना अथवा पुनतालिकीकरण गर्न सक्ने गभर्नर अधिकारीले बताए ।

त्यसको साथै पत्रकार सम्मेलनमा अधिकारीले अहिलेलाई सानो आकारको आन्तरिक रेमिट्यान्स मात्रै खुलाउने तयारी भएको बताएका छन् । त्यस्तै गभर्नर अधिकारीले मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षा मार्फत नीतिगत दर हेरफेर गरेको बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
576SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?