National life
cg eloctronics

राष्ट्र बैंकसँग जोडिएका तथ्याङ्क सर्वसाधारणले बुझ्ने भाषामा लेख्न आवश्यक छ: गभर्नर अधिकारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ फागुन २०८०, मङ्गलबार
657Shares
राष्ट्र बैंकसँग जोडिएका तथ्याङ्क सर्वसाधारणले बुझ्ने भाषामा लेख्न आवश्यक छ: गभर्नर अधिकारी
muktinatha bikash bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्ने बताएका छन् ।

राष्ट्र बैंक बैंकिङ प्रशिक्षण केन्द्रले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको सहकार्यमा आयोजना गरेको आर्थिक पत्रकारका लागि २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अधिकारीले उक्त धारणा राखेका हुन् ।

अहिलेको अवस्थामा अर्थतन्त्र र राष्ट्र बैंक एवम् बैंकहरू तथ्याङ्कको भारीले थिचिएका बताउदै संस्थागत रुपमा तयार भएका त्यस्ता तथ्याङ्कहरू सहज ढङ्गबाट आर्थिक पत्रकारहरूमार्फत आम सर्वसाधारणमा प्रवाह हुन जरुरी भएको गभर्नर अधिकारीको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

‘अर्थतन्त्र र राष्ट्र बैंकसँग जोडिएका तथ्याङ्क र सूचनाहरू जटिल प्रकृतिका  र प्राविधिक हुने भन्दै गभर्नर अधिकारीले त्यसलाई सर्वसाधारणले सहज ढङ्गले बुझिने भाषामा प्रस्तुत गर्नुपर्ने आवश्यकता रहेको बताए छन् ।

राष्ट्र बैंक र अर्थतन्त्रका सूचना र तथ्याङ्कहरू प्रशस्त छन् । तर, यसको  सही  र सरल विश्लेषण हुनु जरुरी छ,’ गभर्नर अधिकारीले भने, ‘संस्थाहरूमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका आर्थिक तथ्याङ्कहरू आर्थिक पत्रकारहरूले जनताले बुझ्ने ढङ्गले प्रस्तुत गरेर जनतासम्म पुर्‍याउन जरुरी छ ।’

अर्थतन्त्र र मौद्रिक नीतिका क्षेत्रमा दैनिक रिपोर्टिङ गर्ने आर्थिक पत्रकारहरूलाई प्रदान गरिने तालिमबाट राष्ट्र बैंकले पनि सिक्ने भन्दै गभर्नर अधिकारीले नाफिजका सदस्यताहरूको क्षमता पनि अभिवृद्धि हुने धारणा राखेका छन्।

everest bank

राष्ट्र बैंकको आयोजनामा भएको प्रशिक्षण कार्यक्रम दुई दिनसम्म चल्नेछ । प्रशिक्षणमा नेपाल राष्ट्र बैंकले छनोट गरेका ९ वटा आर्थिक, वित्तीय र मौद्रिक नीतिसँग सम्बन्धित विषयमा प्रशिक्षण हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
657SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?