National life

लगानीकर्ताको पैसा सुरक्षित हुने गरी आर्थिक वृद्धिको क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ चैत २०८०, आइतबार
465Shares
लगानीकर्ताको पैसा सुरक्षित हुने गरी आर्थिक वृद्धिको क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको निर्देशन
ncell

काठमाडौंः अर्थमन्त्री वर्षमान पुन अनन्तले  नागरिक लगानी कोषलाई लगानीकर्ताको पैसा नडुब्ने गरी ठुलो आर्थिक वृद्धि हुने क्षेत्रहरूमा लगानी गर्न निर्देशन दिएका छन्।

आज आइतबार बिहान नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो निर्देशन दिएका हुन्।

अर्थमन्त्री पुनले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठुला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताए। विगतमा ठुला ऋण लगानी गर्दा भएका कमी-कमजोरीहरिलाई भविष्यमा नदोहोर्‍याउने प्रतिवृद्धतासहित अघि बढ्न सुझाव दिए।

लगानी कोषले गरेका लगानीहरूमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताउँदै मन्त्री पुनले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौती त्यत्तिकै रहेको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने पनि बताए।

विगतमा भएका कामको आलोचना गर्नेभन्दा भएका कमजोरीहरिलाई सुधारेर जान सक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पुनले पूर्ववर्ती अर्थमन्त्रीहरूले सुरु गरेको राम्रो कामलाई आफूले निरन्तरता दिने दाबी पनि गरे।

यो समाचार शेयर गर्नुहोस्
465SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?