National life

‘विदेशी व्यवसायलाई आकर्षित गर्न पुनर्बीमाको चुक्तापुँजी बढाउन लागिएको हो’,कार्यकारी निर्देशक पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ माघ २०८०, सोमबार
1.1kShares
‘विदेशी व्यवसायलाई आकर्षित गर्न पुनर्बीमाको चुक्तापुँजी बढाउन लागिएको हो’,कार्यकारी निर्देशक पौडेल
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले नेपालमा हाल संचालनमा रहेको दुई पुनर्बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि सम्बन्धि विशेष निर्देशिका जारी गर्नुको पछाडी केही खास कारणहरु रहेको बताएका छन् । कार्यकारी निर्देशक पौडेलले नेपाल बीमा प्राधिकरणले गहिरो अध्ययन गरेर नै पुनर्बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउन लागेकोमा जोड दिएका हुन् ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले आर्थिक भ्वाईससँग भने,‘अहिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको चुक्तापुँजी बढेकै कारण पुनर्बीमा कम्पनीको पनि चुक्तापुँजी बढाउन आवश्यक देखिएको हो । जीवन बीमा कम्पनीहरुको पाँच अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुको चुक्तापुँजी हामीले साढे २ अर्ब रुपैयाँ बनाईसकेका छौं ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कार्यकारी निर्देशक पौडेलले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको जोखिम बहन गर्ने भएकाले नै पुनर्बीमा कम्पनीहरुको जोखिम धारण क्षमता रिटेन्सन (क्यापासीटी) बढाउनु पर्ने बताएका छन् ।

पौडेलले अरुको जोखिम लिने संस्थाहरुको क्षमता त धेरै हुनै पर्ने र आफ्नो अध्ययनले पनि त्यही निष्कर्श निकालेको बताएका छन् । उनले भने,‘नेपाल बाहिरका व्यवसाय लिदा उनीहरुलाई पनि पत्याउँनु पर्यो नि त । पहिले त विगतकोभन्दा धेरै घटनाहरु बढ्न थालेको तथ्यहरु बाहिर आएका छन् । अधिकांश घटनाहरुसँग बीमा व्यवसाय जोडिएकै हुन्छ । त्यस्ता घटनाहरुको जोखिम धारण गर्न पुनर्बीमा कम्पनी त सबैभन्दा बलियो हुनैपर्छ । पुनर्बीमा कम्पनीहरुले सानो जोखिमको लागि (रेट्रोसेसन) नेपाली पुनर्बीमा कम्पनीको पनि पुनर्बीमा गर्नुपर्ने अवस्था छ । हामीले विदेशमा व्यवसाय नपठाउनु पनि भनिरहेकै अवस्था छ ।’

नेपाल पुनर्बीमा कम्पनीसँग अहिले नै करिब १५ अर्ब रुपैयाँ रहेको र बाँकी बोनश शेयरबाट बढ्ने बताएका छन् । आम लगानीकर्ताहरुलाई चुक्तापुँजी वृद्धि भएसँगै मुनाफा बढ्ने र लगानीकर्ताहरुलाई समेत राम्रो प्रतिफल प्राप्त हुने बताएका छन्। उनले बीमा क्षेत्रको नियमनकारी निकायले प्रावधान नै नेपाल बाहिर नै नलानु भन्ने भएकाले त्यसले बीमा क्षेत्रको आम्दानीमा पनि सकारात्मक प्रभाव पार्ने बताएका छन् ।

यसमा एउटा कुरा चाही हामी जोखिममा आधारित पुँजीमा (रिक्स बेस्ड क्यापिटल) मा जान खोजेकाले पनि आगामी दिनमा पुनर्बीमाको चुक्तापुँजी बढ्दा बीमा उद्योगमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । अहिले निजी क्षेत्रको लगानी रहेको हिमालयन पुनर्बीमा कम्पनी र सरकारी लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीले आफ्नो पुँजी कसरी दोब्बर बनाउँने भन्ने बारे प्रतिवेदन तयार रहेका छन् । हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्तापुँजी १४ अर्ब रुपैयाँ तथा हिमालयन पुनर्बीमा कम्पनीको चुक्तापुँजी १० अर्ब रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?