National life

अनिवार्य बीमा गर्नुपर्ने कानुनी बाटो निर्माण गर्न सरकारलाई दबाब दिएका छौँ: सिलवाल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ कात्तिक २०८१, मङ्गलबार
1.3kShares
अनिवार्य बीमा गर्नुपर्ने कानुनी बाटो निर्माण गर्न सरकारलाई दबाब दिएका छौँ: सिलवाल
ncell

काठमाडौँ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अनिवार्य रुपमा बीमा गर्नुपर्ने कानुनी बाटो निर्माण गर्न सरकारसँग आग्रह गरेको जनाएका छन् ।

आज नेपाल बीमा प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा बोल्दै सिलवालले यस्तो जनाएका हुन्। उनले आफू सात प्रदेशका विभिन्न क्षेत्रहरूमा पुगेको र सो क्रममा कमजोर आर्थिक अवस्था र आवश्यकता नदेखेका कारण बीमा नगरेको जानकारी पाएको समेत स्मरण गरेका थिए ।

सिलवालले प्राधिकरणले सरकारसँग बीमा गर्न बाध्य बनाउने गरी कानुनी प्रबन्ध गर्न दबाब दिइरहेको जानकारी दिदै नीतिबाट बीमाका लागि बाध्य बनाउन सके त्यसको फाइदा विमित स्वयंले पाउने बताएका हुन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने ‘म सातै प्रदेशको क्षेत्रमा पुगेको छु। बीमा भन्ने कुरा सुनेको छु। बीमा उसले गरेको छैन । यसका दुई कारण छन्। मसँग छ तर म गर्दिन । किनभने मलाई वाहियात लाग्छ एउटा कारण । अर्को मलाई गर्नु चाहिँ छ तर मसँग पैसा छैन । त्यसकारण हामीले अहिले सरकारसँग लभिङ गरिरहेको कुरा भनेकै बीमा गर्न बाध्य बनाउनु पर्‍यो। उसलाई बीमा गर्न बाध्य बनाउनुको मतलब पोसिलीबाट उसलाई बाध्य बनायौँ तर फाइदा उसले नै पाउने हो । बाध्य बनाउने पाटोमा हालको लागि हामीले जानुपर्छ ।’

कार्तिक ९ गतेसम्म हुने सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवार तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिष्कृत गर्ने लगायतका विषयमा विस्तृत छलफल हुने बताइएको छ । जलवायु जोखिम बीमा, लघुबीमा डिजिटल प्रविधि अवलम्बन र समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोधहरू हटाउने सम्बन्धी रणनीतिहरू लगायतका विषयमा सहभागीहरूबिच छलफल हुने बताइएको छ ।

साथै, समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिआइआइ २०२४) आजबाट काठमाडौंमा सुरु भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।  नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रो इन्स्योरेन्स एशोसिएशनद्वारा म्युनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरैन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलनको २० औँ संस्करण आयोजना गरिएको बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?