National life

घरजग्गाको जोखिम भार घट्ने, ५० लाख सेयर धितो कर्जाको भार १००% झारिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ साउन २०८१, शुक्रबार
855Shares
घरजग्गाको जोखिम भार घट्ने, ५० लाख सेयर धितो कर्जाको भार १००% झारिने
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले घरजग्गा,हायर पर्चेज प्रकृतिका सवारीसाधन र ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार घटाउने भएको छ ।

आज शुक्रवारका दिन चालु आव २०८१/८२ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जोखिम भार घटाउने  बताएका छन् ।  यसैगरी मौद्रिक नीतिमा असल वर्गमा वर्गीकरण भएका कर्जाहरूको नोक्सानी व्यवस्था घटाउने र घरजग्गा खरिद प्रयोजनका लागि प्रवाहित कर्जाको हकमा मासिक आम्दानी अनुपात खुकुलो बनाउने राष्ट्र बैंकले जनाएको छ ।

यसअघि २५ लाख रुपैयाँसम्मको सेयर कर्जाको जोखिम भार १०० प्रतिशत थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  २५ लाख कर्जालाई ५० लाख पुर्‍याउने तर जोखिम भार १०० प्रतिशत नै कायम राख्ने जानकारी दिए।

आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक पछि पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले ५० लाखसम्म कर्जा पुर्‍याए पनि  जोखिम भार १०० प्रतिशत नै हुने जानकारी दिए। अधिकारीले भने,'सञ्चालक समितिमा यी विषयमा सहमति भइसकेको छ। सर्कुलर जारी गरेपछि सेयर ,घरजग्गा र सवारी कर्जा केही हदमा खुकुलो हुनेछ। यी विषयमा अनावश्यक प्रचार नगर्नुहोला।'

योसँगै ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत हुने भएको छ। त्यसभन्दा बढी कर्जाको हकमा भने १५० प्रतिशत रहने कायम रहनेछ। यस्तै आवासीय घर कर्जाको जोखिम भार १५० बाट १०० मा झार्ने गभर्नर अधिकारीले जानकारी दिए।

यो समाचार शेयर गर्नुहोस्
855SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?