National life

प्राथमिक पुँजी बजार सुधार्न सेबोनको नयाँ नीति, पारदर्शिता र प्रविधिमा जोड

प्राथमिक बजारमा मूल्य निर्धारणदेखि डिजिटल प्रणालीसम्म

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२९ साउन २०८३, शुक्रबार
2.6kShares
प्राथमिक पुँजी बजार सुधार्न सेबोनको नयाँ नीति, पारदर्शिता र प्रविधिमा जोड
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको प्राथमिक पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको जनाएको छ। बोर्डले सार्वजनिक गरेको ‘प्राथमिक पुँजी बजार सुधार नीति, २०८३’ मा प्राथमिक बजारको विकासमा देखिएका विभिन्न चुनौतीलाई पहिचान गर्दै सुधारका क्षेत्रहरू औँल्याइएको हो।

बोर्डका अनुसार सार्वजनिक निष्काशन प्रक्रियालाई आधुनिक र प्रभावकारी बनाउन विद्यमान नीतिगत व्यवस्थामा सुधार आवश्यक छ। प्राथमिक बजारमा निष्पक्ष तथा बजारमा आधारित मूल्य निर्धारण प्रणालीको विकास अपेक्षाकृत सीमित रहेको भन्दै यसलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता पनि बोर्डले औँल्याएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सेबोनले बुक बिल्डिङ प्रणालीको प्रयोगलाई प्रभावकारी बनाउने विषयलाई पनि प्राथमिकतामा राखेको छ। साथै, योग्य संस्थागत तथा एंकर लगानीकर्तासम्बन्धी स्पष्ट व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै उनीहरूको भूमिकालाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिइएको छ।

प्राथमिक सेयर निष्काशनमा संलग्न निष्काशन तथा बिक्री प्रबन्धकहरूको जिम्मेवारी र व्यावसायिक मापदण्डलाई पनि स्पष्ट बनाउनुपर्ने बोर्डको निष्कर्ष छ। कम्पनीहरूले लगानीकर्तालाई उपलब्ध गराउने सूचना, सम्भावित जोखिमको जानकारी तथा संस्थागत सुशासनको गुणस्तरमा समेत सुधार आवश्यक रहेको नीति दस्तावेजमा उल्लेख छ।

सार्वजनिक निष्काशनबाट संकलित रकमको वास्तविक उपयोग भए–नभएको अनुगमन गर्ने विद्यमान प्रणाली पर्याप्त प्रभावकारी नरहेको बोर्डले जनाएको छ। निष्काशनपछि कम्पनीले रकम तोकिएको उद्देश्यअनुसार प्रयोग गरे–नगरेको विषयमा थप प्रभावकारी निगरानी आवश्यक रहेको बोर्डको भनाइ छ।

त्यस्तै, प्राथमिक सेयर निष्काशनको प्रक्रियालाई पूर्ण रूपमा डिजिटल, एकीकृत तथा स्वचालित बनाउनुपर्ने आवश्यकता पनि औँल्याइएको छ। प्रविधिको प्रयोग बढ्दै गए पनि प्राथमिक निष्काशनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया अझै पूर्ण रूपमा डिजिटल प्रणालीमा एकीकृत हुन नसकेको बोर्डको निष्कर्ष छ।

बोर्डले विभिन्न नियामक निकाय तथा बजार पूर्वाधारसँग सम्बन्धित संस्थाबीच सूचना आदानप्रदान र समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने जनाएको छ। बजारमा उपलब्ध तथ्यांकको एकीकृत प्रयोग तथा सूचनाको समयमै आदानप्रदानले प्राथमिक बजारको निगरानी र नियमनलाई थप प्रभावकारी बनाउन सक्ने बोर्डको भनाइ छ।

यसैगरी, नियामकीय सुपरिवेक्षणलाई आधुनिक बनाउँदै तथ्यांकमा आधारित विश्लेषण र जोखिममा आधारित अनुगमन प्रणाली विकास गर्नुपर्ने आवश्यकता पनि बोर्डले औँल्याएको छ।

समग्रमा सेबोनले प्राथमिक पुँजी बजारलाई पारदर्शी, प्रतिस्पर्धी, प्रविधिमैत्री र प्रभावकारी बनाउन मूल्य निर्धारण, बुक बिल्डिङ, लगानीकर्ता वर्गीकरण, निष्काशन व्यवस्थापन, सूचना प्रवाह, रकमको उपयोग अनुगमन, डिजिटल प्रणाली, अन्तरनिकाय समन्वय तथा जोखिममा आधारित नियमनलाई प्रमुख सुधार क्षेत्रका रूपमा अघि सारेको छ।

यो समाचार शेयर गर्नुहोस्
2.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?