National life

आजदेखि लिबर्टी ईनजीको सेयर लिलामी बिक्री खुला, कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ माघ २०८१, बुधबार
385Shares
आजदेखि लिबर्टी ईनजीको सेयर लिलामी बिक्री खुला, कहाँ दिने आवेदन ?
ncell

काठमाडौँ । आज माघ २ गते बुधवारदेखि लिबर्टी ईनजी कम्पनी लिमिटेडले सेयर लिलामी बिक्री खुला गरेको छ। हकप्रदमा बिक्री नभएको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो।

कम्पनीको सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले आजदेखि माघ ९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रभु बैंक लिमिटेडका शाखा कार्यालयहरू कोशी प्रदेश विराटनगर शाखा, मधेस प्रदेश बीरगंज शाखा, बागमती प्रदेश: जाउलाखेल शाखा, हेटौंडा शाखा, गण्डकी प्रदेश: पोखरा शाखा, लुम्बिनी प्रदेश: बुटवल शाखा, कर्णाली प्रदेश: सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेश: धनगढी शाखा मार्फत आवेदन दिन सकिने क्यापिटलले जनाएको छ।

लिवर्टी इनर्जीले गत मंसिर १६ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् ७५ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो। कम्पनीले हकप्रदमा बिक्री नभएको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
385SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?