National life

नेप्से परिसूचक झिनो अंकले घटेर बन्द

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ वैशाख २०८०, बिहिबार
1.5kShares
नेप्से परिसूचक झिनो अंकले घटेर बन्द
ncell

काठमाडौं । बिहिवार पनि नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन साढे २ अंक घटेर बन्द भएको नेप्से, यस दिन ३.३४ अंक घटेर १८३८.५९ विन्दुमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकिङ, जीवन बीमा र म्युचुअल फण्ड उपसूचक बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । वित्त कम्पनी उपसूचक सर्वाधिक ०.६७ प्रतिशतले वृद्धि हुँदा व्यापार उपसूचक ०.५९ प्रतिशत र विकास बैंक उपसूचक ०.४९ प्रतिशतले गिरावट भएको छ ।

यता बैंकिङ उपसूचक ०.०५ प्रतिशत र जीवन बीमा उपसूचक ०.०२ प्रतिशतले वृद्धि हुँदा म्युचुअल फण्ड उपसूचक पनि ०.४३ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ५८ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५९ स्टकको १६ हजार २०४ पटकको कारोबारमा ५७ करोड ८४ लाख रुपयाँ बराबरको २१ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?