National life

शेयर बजारमा सुधारको संकेत: ६ अर्ब ५२ करोडको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ जेठ २०८२, मङ्गलबार
1.1kShares
शेयर बजारमा सुधारको संकेत: ६ अर्ब ५२ करोडको कारोबार
ncell

काठमाडौं । साताको तेस्रो कारोबारबा दिन आज लगातारको ओरालो यात्रा ब्रेक गर्दै शेयर बजारमा सुधारको संकेत देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.५३ अंकले बढेर २६७७.३० को विन्दुमा कायम भएको हो।

Royal Enfield
nic asia capital

आज सूचीकृत ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३ सय ९४ कित्ता शेयर खरिदबिक्रि हु्ँदा ६ अर्ब ५२ करोडको शेयर कारोबार भएको छ। ६ कम्पनीको उपसूचक बाहेक सबैको उपसूचकमा हरीयाली छाएको छ।

आज विकास बैंकको शेयरमा उछाल आएको छ। सबैभन्दा बढी यूनिभर्सल पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ६५ करोड ५८ लाख १९ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको राधी विद्युत कम्पनीको ४७ करोड ३६ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

उक्त दिन ङादी ग्रुप पावरको ४२ करोड १९ लाख २५ हजार रुपैंया, सानिमा माई हाइड्रोपावरको २६ करोड ४३ लाख ८१ हजार रुपैयाँ, बुटवल पावर कम्पनीको २५ करोड ८७ लाख ९१ हजार रुपैयाँको कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?