काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात बिहीबार शेयर बजारमा सुधार आएको छ ।
उक्त दिन बजार ९.८७ अंकले बढेर १८६० को विन्दुमा कायम हुन पुगेको हो । आज सेयर बजारमा सुधार आउँदा बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । त्यसैगरी, थ्रीस्थार हाइड्रोपावरको ८.५८ प्रतिशत, सिक्लेस हाइड्रोपावरको ८.५४ प्रतिशत, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ८.२५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
बिहिबार बजार ९.८७ अकंले बढेर १८६०.२० बिन्दुमा बन्द भएको छ । आज २९२ कम्पनीको ४४ लाख २० हजार ५१८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा सुधार आएपनि आज तीन उपसूचक भने राताम्य छन् ।


































