काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)का प्रवक्ता डा.नवराज अधिकारीले प्रशासकीय प्रमुखको जिम्मेवारी पाएका छन् । बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले अधिकारीलाई प्रशासकीय प्रमुखको जिम्मेवारी सुम्पिएका हुन् ।
रानाले गत साता अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी पाएका थिए ।
रानाले उक्त जिम्मेवारी सम्हालेपछि आफ्नो अनुपस्थिीमा बोर्डको काम कारबाही अघि बढाउन अधिकारीलाई प्रशासकीय प्रमुखको जिम्मेवारी दिएका छन् ।
यसअघि भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रहेका राना २ महिना अघि मात्रै अर्थमन्त्रालयमा भित्रिएका थिए । राना एक महिनाअघि बोर्डमा कार्यकारी अध्यक्षमो रुपमा आएका थिए ।
































