काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। कारोबारका क्रममा नेप्से परिसूचक ६.११ अंकले उकालो लाग्दै २५७६.२९ विन्दुमा पुगेको हो।
आजको कारोबारमा १ करोड ८२ लाख ९३ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँ पुगेको छ।
बजारमा आज सकारात्मक झुकाव देखिएको छ। १६४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ कम्पनीको मूल्य घटेको छ। १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
आजका दिन केही डिबेन्चर र सामूहिक लगानी कोषहरू उच्च वृद्धि हुने सूचीमा परेका छन्। कामना सेवा विकास बैंक डिबेन्चर १०.२२ प्रतिशतले बढ्दा सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर ९.८२ प्रतिशतले उकालो लागेको छ। त्यस्तै उपकार लघुवित्त ९.१९ प्रतिशत, एनआईबीएल स्थिर कोष ७.७२ प्रतिशत र ज्योति विकास बैंक कोष ७.६६ प्रतिशतले बढेका छन्।
त्यसैगरि, केबीएल डिबेन्चरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५२ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
एनआईएमबी डिबेन्चरको ३९ करोड १६ लाख, नेपाल एसबीआई डिबेन्चरको ३७ करोड ५१ लाख, एभरेष्ट बैंक डिबेन्चरको ३६ करोड ७ लाख, कृषि विकास बैंक डिबेन्चरको २८ करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।































