National life

सामान्य अंकले उकालो लाग्यो नेप्से, कारोबार भने ६ अर्ब नाघ्यो

बजार हरियालीमा फर्किँदा केही कम्पनीमा उच्च उछाल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०५ साउन २०८३, मङ्गलबार
3.2kShares
सामान्य अंकले उकालो लाग्यो नेप्से, कारोबार भने ६ अर्ब नाघ्यो
ncell

काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.२५ अंकले उकालो लाग्दै २७२६.४९ बिन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कारोबार रकम भने उत्साहजनक देखिएको छ, जहाँ १ करोड ४९ लाख २४ हजार कित्ता सेयर ६ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीमा किनबेच भएका छन्।

बजार मिश्रित देखिएको छ। कुल सूचीकृत कम्पनीमध्ये १०३ वटाको सेयर मूल्य बढ्दा १६२ वटामा गिरावट आएको छ भने १२ वटाको मूल्य स्थिर रहेको छ।

आज केही कम्पनीका सेयरमा उल्लेख्य वृद्धि देखिएको छ। एभरेष्ट कलर करिब १५ प्रतिशतले उकालो लाग्दा कालंगा हाइड्रो, बोटलर्स नेपाल (बालाजु), सानिगाढ हाइड्रो र स्नो रिभर्सका लगानीकर्ताले पनि राम्रो प्रतिफल पाए।

त्यसैगरि, रिडी पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५५ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

आँखुखोला जलविद्युतको ३१ करोड ३७ लाख, रिलायन्स स्पिनिङ मिल्स्को २७ करोड ३४ लाख, हिमालयन रि इन्स्योरेन्सको २२ करोड १ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २२ करोड  रुपैयाँमाथिको कारोबार भएको छ । 

यो समाचार शेयर गर्नुहोस्
3.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?