काठमाडौं । मंगलबार नेपाली सेयर बजारमा गिरावट देखिएको छ। नेप्से परिसूचक २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा झरेको छ।
आज कुल १ करोड कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबरको लेनदेन भएको छ।
बजारमा २२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा २३९ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र यामबलिङ हाइड्रोपावरको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको छ। यस्तै लक्ष्मी उन्नति कोष, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ र सनराइज ब्लु चिप फण्डका इकाइहरू पनि सकारात्मक वृद्धि देखिएका छन्।
समग्र बजारमा अधिकांश कम्पनीको मूल्य घटेपछि नेप्से सूचक दबाबमा परेको देखिएको छ।

































