National life

नेप्से घट्दा पनि यी कम्पनीमा भयो सर्वाधिक कारोबार

कारोबारका क्रममा ११६ कम्पनीको सेयर मूल्य बढेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०८ असार २०८३, सोमबार
2.3kShares
नेप्से घट्दा पनि यी कम्पनीमा भयो सर्वाधिक कारोबार
ncell

काठमाडौँ । सेयर बजारमा आज सामान्य गिरावट देखिएको छ। सोमबार नेप्से परिसूचक १.४६ अंकले घटेर २७००.६५ अंकमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज बजारमा कुल ८१ लाख ३८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारका क्रममा ११६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४३ कम्पनीको घटेको छ। त्यस्तै, १४ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंकको ७.३३ प्रतिशत, सोपान फर्मास्युटिकल्सको ५.६६ प्रतिशत र एपोलो हाइड्रोपावरको ५.२६ प्रतिशतले वृद्धि भएको छ।

आज सोपान फर्मास्युटिकल्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३७ करोड ४४ लाख बढीको सेयर कारोबार भयो । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको ३० करोड ५१ लाख, स्वावलम्बन लघुवित्तको २० करोड ४३ लाख र आँखुखोला जलविद्युत १७ करोड ३२ लाख बढीको सेयर कारोबार भयो ।

यो समाचार शेयर गर्नुहोस्
2.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?