National life
cg eloctronics

नेप्से फेरि गिरावटकै दबाब, केही कम्पनी भने हरियोमा चम्किए

कुल कारोबार रकम ३ अर्ब २५ करोड ८७ लाख रुपैयाँ पुगेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
५ महिना अगाडि|१६ असार २०८३, मङ्गलबार
2.4kShares
नेप्से फेरि गिरावटकै दबाब, केही कम्पनी भने हरियोमा चम्किए
muktinatha bikash bank

काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको प्रवृत्ति मंगलबार पनि कायम रह्यो। कारोबारको अन्त्यसम्म नेप्से परिसूचक २४.६३ अंकले घट्दै २६०८.३३ विन्दुमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आजको कारोबारमा ८७ लाख ३७ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब २५ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

बजारमा अधिकांश कम्पनीहरूको मूल्य घटेको देखिएको छ। जम्मा ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

everest bank

यद्यपि केही कम्पनीहरूले सकारात्मक प्रदर्शन गरेका छन्। स्नो रिभर्सको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त, स्ट्यान्डर्ड चार्टर्ड बैंकको डिबेन्चर र सिर्जनशील लघुवित्तका लगानीकर्ताले पनि राम्रो प्रतिफल पाएका छन्।

समग्रमा बजारमा बिक्री दबाब हाबी हुँदा परिसूचकमा गिरावट देखिएको हो।

यो समाचार शेयर गर्नुहोस्
2.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?