काठमाडौं । ट्रेड टावर लिमिटेडको आइपीओमा २ अर्ब ५७ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार अन्तिम दिन मंगलबार (जेठ २० गते) साँझ ५ः०० बजेसम्ममा २१ लाख ६९ हजार ८९१ जनाले २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताको लागि आवेदन दिएका छन् ।
https://www.youtube.com/watch?v=zksUO-w-4Qs
ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर बिक्रीमा ल्याएको हो । यसले जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्कासन गरिसकेको छ ।
https://aarthikvoice.com/archives/65244
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आइपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि निष्कासन खुला गरिएको हो । यस आइपीओको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । इक्रा नेपालले यस कम्पनीको आइपीओलाई इक्रा एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । इक्रा नेपालले २०८१ मघ ७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ माघ ७ गतेसम्म बाहल रहनेछ ।


































