National life

ट्रेड टावरको ३ लाख ९७ हजार कित्ता आइपीओमा आजदेखि आवेदन खुला, कसले दिन पाइन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ वैशाख २०८२, सोमबार
576Shares
ट्रेड टावरको ३ लाख ९७ हजार कित्ता आइपीओमा आजदेखि आवेदन खुला, कसले दिन पाइन्छ ?
ncell

काठमाडौं । आज वैशाख ८ गते सोमबारदेखिका दिन ट्रेड टावर लिमिटेडले आइपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो ।

ट्रेड टावरले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७ सय रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको आइपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमाति पाएको छ ।

Royal Enfield
nic asia capital

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्नेछ । उक्त रकममध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति वैशाख २२ गतेसम्म कायम रहनेछ। आइपीओमा लगानी गर्न चाहनेहरूले सी–आस्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू वा मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन्।

यस सेयर निष्कासनको बिक्री व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ। कम्पनीको वित्तीय अवस्था र जोखिम मूल्याङ्कनका आधारमा क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले “इक्रा एनपी डबल बी माइनस” रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। उक्त रेटिङ माघ ७, २०८२ सम्म वैध हुनेछ।

यो समाचार शेयर गर्नुहोस्
576SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?