National life

भोलीदेखि सर्वसाधारणका लागि ट्रेड टावरको आईपीओ निष्काशन हुँदै, कसरी दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ जेठ २०८२, मङ्गलबार
1.2kShares
भोलीदेखि सर्वसाधारणका लागि ट्रेड टावरको आईपीओ निष्काशन हुँदै, कसरी दिने आवेदन ?
ncell

काठमाडौँ । ट्रेड टावर लिमिटेडले जेठ १४ गते अर्थात् भोलीदेखि सर्वसाधारणका लागि प्राथमिक साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्न लागेको छ।

कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशत बराबर, अर्थात् ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

यस मध्ये वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषलाई १ लाख ९८ हजार ५८४।६५ कित्ता, र कर्मचारीहरूलाई ७९ हजार ४३३.८६ कित्ता सेयर बाँडफाँड गरिसकेको कम्पनीले अब बाँकी ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ ।

Royal Enfield
nic asia capital

सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद छिटोमा जेठ १९ गतेसम्म र यदि त्यस अवधिमा पूरै आवेदन नपरेमा जेठ २८ गतेसम्म रहने छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाहरू वा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?