National life

राष्ट्र बैङ्कको गलत नीतिका कारण कैयौँ लगानीकर्ताहरु डिप्रेसनमा गएः इन्भेष्टर ढकाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ असोज २०८०, सोमबार
777Shares
राष्ट्र बैङ्कको गलत नीतिका कारण कैयौँ लगानीकर्ताहरु डिप्रेसनमा गएः इन्भेष्टर ढकाल
ncell

काठमाडाैं । राष्ट्र बैङ्कको गलत नीतिका कारण पुँजी बजारका कैयौँ लगानीकर्ताहरु डिप्रेसनमा गएको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसी राम ढकालले बताएका छन् ।

राष्ट्र बैंकले १२ करोडको क्याप हटाएपछी मार्केट बढ्ने आशा गरिए पनि मार्केट घट्दै गएपछी लगानीकर्ताहरुमा निराशा छाएको विषयमा आर्थिक भ्वाइससँग कुरा गर्दै उनले गर्भनरले ल्याएका नीतिका कारणले आम लगानीकर्ताहरु बाटोमा आइपुगेको बताएका छन् ।

‘१२ बाट १५ बनाउनुभयो अरु केही गर्नुभएन’ उनले भने, हाम्रा मागहरु ज्यु का त्युँ कम्तीमा पनि त्यो क्याप हटाइदिएर, कर्जाको जोखिम भार कम गरेको भए पनि हुन्थ्यो त्यो पनि भएन, व्यवसाय गर्नेलाई पनि निराश गराइदिनुभयो ।’

‘१२ लाई १५ बनाएर कसरी मार्केट बढ्छ?’ उनले भने, ‘यो नीतिलाई लगानीकर्ता कसैले पनि पत्याएनन्, लगानीकर्ताले खोजेको यो मात्रै होइन ।, सबैले क्याप हटाउनुपर्नेमा जोड दिए पनि झन १२ को १५ गराइदिनुभयो, यो त सिधै लगानीकर्तालाई बिच्काएजस्तो भयो।’ राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशिका संशोधन गर्दै सेयर धितो कर्जाको सीमा वृद्धि गर्नु भनेको हात्तीलाई अचार चटाइदिएजस्तो भएको ढकालको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गर्भनरले गरेको निर्णयले अर्थतन्त्र अप्ठ्यारोमा परेको आरोप लगाउँदै उनले अब आउने कार्तिकको मौद्रिक नीतिमा माग पुरा गरिदिएपछी पुँजी बजार आफ्नै हिसाबले चलायमान हुने बताए ।

‘पुजिबजार घट्छ बढ्छ तल माथी हुन्छ ।’ उनले भने, ‘तर जुन हिसाबले कारोबार हुनुपर्ने हो, जुन हिसाबले लगानीकर्ताहरुको मार्केटमा उत्साह हुनुपर्ने हो , जुन किसिमले लगानीकर्ताहरुमा एउटा कन्फिडेन्स डेभलप हुनुपर्ने हो त्यो हुन सकेको छैन । उक्त नीति नसुधारेसम्म मार्केट चलायमान नहुने उनको भनाई छ ।

चौतर्फी दबाबपछि नेपाल राष्ट्र बैंकले शुक्रवार सेयर धितो कर्जाको सीमा हटाएर साबिकको भन्दा केही वृद्धि गरेको हो । हालसम्म व्यक्ति र संस्थाले सेयर धितोमा जम्मा १२ करोड रुपैयाँ मात्रै ऋण पाउँदै आएका थिए ।

राष्ट्र बैंकले गरेको यो नयाँ व्यवस्थापछि अब व्यक्तिले सेयर धितोमा १५ करोड रुपैयाँ र संस्थाले २० करोड रुपैयाँसम्म ऋण पाउनेछन् । राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशिका संशोधन गर्दै सेयर धितो कर्जाको सीमा वृद्धि गरिदिएको हो । चौतर्फी रूपमा भएको दबाब र आलोचना थेग्न नसकेपछि राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाउँदै आएको १२ करोडको सीमा वृद्धि गरेको हो ।राष्ट्र बैंकले बिहीबार राति सर्क‘लर जारी गर्दै संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा बढाएर २० करोड रुपैयाँसम्म कायम गरेको हो ।

यसअघि निजी क्षेत्रले धेरै पटक सरकारसँग यस्तो सीमा हटाउन माग गर्दै आएका थिए । अब सेयर धितो राखेर व्यक्तिगत कारोबारीले समग्र बैङ्किङ प्रणालीबाट १५ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन् । त्यसै गरी, संस्थागत लगानीकर्ताको हकमा यो सीमा २० करोड कायम गरिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
777SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?