National life

बजार ओरालो लाग्दा पनि यी सेयरमा चम्कियो कारोबार

बजारमा अधिकांश कम्पनीहरूको मूल्य घटेको देखिएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१६ असार २०८३, मङ्गलबार
2.8kShares
बजार ओरालो लाग्दा पनि यी सेयरमा चम्कियो कारोबार
ncell

काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको प्रवृत्ति मंगलबार पनि कायम रह्यो। कारोबारको अन्त्यसम्म नेप्से परिसूचक २४.६३ अंकले घट्दै २६०८.३३ विन्दुमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आजको कारोबारमा ८७ लाख ३७ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब २५ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

बजारमा अधिकांश कम्पनीहरूको मूल्य घटेको देखिएको छ। जम्मा ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

यद्यपि केही कम्पनीहरूले सकारात्मक प्रदर्शन गरेका छन्। स्नो रिभर्सको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त, स्ट्यान्डर्ड चार्टर्ड बैंकको डिबेन्चर र सिर्जनशील लघुवित्तका लगानीकर्ताले पनि राम्रो प्रतिफल पाएका छन्।

त्यसैगरि, सिद्वार्थ बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १३ करोड ३९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

टक्सार पिखुवा खोला हाइड्रोपावरको ११ करोड ३२ लाख, आँखुखोला जलविद्युतको  ९ करोड ८९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ९ करोड ६१ लाख, याम्बालिङ हाइड्रोपावरको ८ करोड ६९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

समग्रमा बजारमा बिक्री दबाब हाबी हुँदा परिसूचकमा गिरावट देखिएको हो।

यो समाचार शेयर गर्नुहोस्
2.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?