National life

लगानीकर्ताको मनोबल बलियो: नयाँ आर्थिक वर्षसँगै सेयर बजारमा हरियालीको सुरुवात

असारको दबाब हट्दै बजारमा उत्साह, अब भोल्युमसँगै नेप्से बढ्ने संकेत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०१ साउन २०८३, शुक्रबार
3.5kShares
लगानीकर्ताको मनोबल बलियो: नयाँ आर्थिक वर्षसँगै सेयर बजारमा हरियालीको सुरुवात
ncell

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिनमै सेयर बजारले उत्साहजनक संकेत देखाएको छ। नेप्से परिसूचक मा आएको उछालले बजारको यात्रा सुखद् ढंगले सुरु भएको संकेत दिएको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यतिर देखिएको असार मसान्तको दबाबका कारण लगानीकर्ताहरू ‘लिमिट टाइट’ अवस्थामा थिए, जसले गर्दा नयाँ लगानी गर्ने वातावरण सहज थिएन। तर, नयाँ आर्थिक वर्ष सुरु भएसँगै त्यो दबाब क्रमशः हट्दै गएको छ र बजारमा तरलता तथा लगानीयोग्य वातावरण सुधार भएको देखिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विश्लेषकहरूका अनुसार अहिले बजारमा लगानीकर्तामाथि कुनै ठूला वित्तीय दबाब नरहेकाले मनोबल पनि बढ्दै गएको छ। यसले आगामी दिनमा कारोबार रकम (भोल्युम) बढ्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

बजारमा सकारात्मक संकेतहरू देखिनुका साथै, विस्तारै भोल्युमसँगै नेप्से इन्डेक्स पनि उकालो यात्रामा जाने सम्भावना बलियो देखिएको छ। यदि यही लय कायम रह्यो भने नयाँ आर्थिक वर्ष सेयर बजारका लागि थप अवसर र वृद्धि ल्याउने वर्ष बन्न सक्ने विश्लेषकहरूको विश्वास छ।

सेयर बजारमा शुक्रबार उल्लेख्य सुधार देखिएको छ। नेप्से परिसूचक ७९.७४ अंकले बढ्दै २६७७.५४ विन्दुमा पुगेको हो।

आजको कारोबारमा १ करोडभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ५७ करोडभन्दा माथि पुगेको छ। बजारमा व्यापक हरियाली देखिँदा २५९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनी घटेका छन् र २ कम्पनी स्थिर रहेका छन्।

आज श्रीनगर एग्रीटेक, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, शिखर पावर, रिज लाइन इनर्जी र मिड सोलु हाइड्रोपावर का लगानीकर्ताले सबैभन्दा बढी लाभ कमाएका छन्।

त्यसैगरि, आँखुखोला जलविद्युतको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २२ करोड २३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको १७ करोड ७३ लाख, रिलायन्स स्पिनिङ मिल्स्को १५ करोड ६० लाख, रिडी पावरको १५ करोड ३६ लाख, ङादी ग्रुपको १४ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
3.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?