National life

अख्तियारको अनुसन्धानको दायरामा परेकी सांसद खाँडलाई विमानस्थल भ्रष्टाचारको छानबिन जिम्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ जेठ २०८२, आइतबार
534Shares
अख्तियारको अनुसन्धानको दायरामा परेकी सांसद खाँडलाई विमानस्थल भ्रष्टाचारको छानबिन जिम्मा
ncell

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा परेकी सांसद मञ्जु खाँडलाई भैरहवा विमानस्थल निर्माणमा देखिएको अनियमितता छानबिनको जिम्मा दिएको छ।

आइतबार बसेको समितिको बैठकले खाँडलाई अध्ययन उपसमितिको संयोजकमा चयन गरेको हो । यसअघि संयोजक रहेका एमाले सांसद तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले आफूमाथि प्रश्न उठेपछि पदबाट राजीनामा दिएका थिए।

सांसद खाँडका पति तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँडमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी र राज्यविरुद्धको कसुरमा मुद्दा दायर भएपछि मञ्जु खाँड पनि अनुसन्धानको घेरामा आएकी थिइन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दुवैमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ।

२०७४ सालदेखि सार्वजनिक पदमा रहेका बालकृष्ण खाँड २०७९ पुससम्म गृहमन्त्री थिए। रुपन्देहीमा निर्वाचनमा पराजित भएपछि मञ्जु खाँड कांग्रेसको समानुपातिक सूचीबाट सांसद बनेकी थिइन्।

शरणार्थी प्रकरणमा आरोपित केशवप्रसाद दुलाल र सानु भण्डारीले बालकृष्ण खाँडले घुसस्वरूप १ करोड २४ लाख ५० हजार रुपैयाँ लिएको बयान दिएका छन्। बयानमा मञ्जु खाँडको नाम समेत जोडिएपनि उनीमाथि अनुसन्धान नगरी मुद्दा दायर गरिएको भन्दै प्रश्न उठेका छन्।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा पेस गरेका प्रमाणअनुसार, बालकृष्ण खाँड र तत्कालीन सचिव टेकनारायण पाठकबीच भएको संवादमा रकम लेनदेनको संकेत भेटिएको बताइएको छ। थप अनुसन्धानका क्रममा खाँड परिवारले विभिन्न माध्यमबाट रकम लिएको भन्ने दावी प्रहरीको छ।

सांसद मञ्जु खाँडले केही समयअघि कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर अघिल्ला वर्षहरूको आम्दानी र सरकारी भुक्तानीसम्बन्धी विवरणबारे चासो देखाएकी थिइन्।

लेखा समितिका सभापति ऋषिकेश पोखरेलका अनुसार खाँड समिति सदस्य भएकै आधारमा संयोजक बनेकी हुन् । बाँकी प्रश्नहरूको जवाफ उपसमितिले नै दिने पोखरेलको भनाइ थियो ।

२०७९ मा सुरु भएको अख्तियारको अनुसन्धान अझै टुंगोमा पुगेको छैन। २०८१ मा बनेको कांग्रेस–एमाले गठबन्धनपछि अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सक्रियता सुस्त देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
534SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?