National life

अधिक तरलता व्यवस्थापन गर्न आज बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब खिच्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ पुस २०८०, बुधबार
589Shares
अधिक तरलता व्यवस्थापन गर्न आज बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब खिच्दै राष्ट्र बैंक
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि आज बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्ने जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार निक्षेप सङ्कलन उपकरण जारी गरी १४ दिनको लागि ३५ अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो। गत आइतबारसम्ममा बैंकिङ्ग प्रणालीमा ४७ अर्ब २८ करोड ६५ लाख अधिक तरलता रहेको राष्ट्र बैंकको भनाई छ। बैंकहरुमा तरलता बढेपछि अन्तर बैंकदर २.५६ प्रतिशतमा झरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

वित्तीय प्रणालीमा अधिक तरलता रहेकाले अन्तरबैंक ब्याजदर केन्द्रीय बैंकले राखेको लक्ष्यभन्दा तल रहेको छ। अन्तर बैंकदरलाई ब्याजदर कोरिडोरको तल्लो सीमामा ल्याउन पनि केन्द्रीय बैंकले लगातार तरलता खिचिरहेको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत ब्याजदर कोरिडोरको तल्लो सीमा ३ प्रतिशत कायम गरेको छ । यसभन्दा अघि कोरिडोरको तल्लो सीमा ४.५ प्रतिशत थियो।

निक्षेप सङ्कलन ब्याजदर नै कोरिडोरको तल्लो सीमा हो । केन्द्रीय बैंकले अन्तर बैंकदर ब्याजदर करिडोर भन्दा तल आएको खण्डमा निक्षेप सङ्कलन गर्छ । तर पनि अन्तरबैंक ब्याजदरलाई सीमामा ल्याउन सकेको छैन।

गत शुक्रवार बैंकहरुबाट २५ अर्ब रुपैयाँ तानेको राष्ट्र बैंकले मंसिर सुरु भए यता नै १३ पटक निक्षेप सङ्कलन उपकरण जारी गरिसकेको छ। केन्द्रीय बैंकले मंसिर महिना लागेपछि मात्रै वित्तीय प्रणालीमा रहेको झण्डै एक खर्ब ९७ अर्ब २५ करोड निक्षेप सङ्कलन उपकरण मार्फत उठाएको छ ।

जसमध्ये ६२ अर्ब २५ करोड रुपैयाँ अझै परिपक्व हुन बाँकी रहेको छ । त्यति हुँदा पनि निक्षेप सङ्कलनको दरले ब्याजदर कोरिडोरको तल्लो सीमा छुन सकेको छैन । केन्द्रीय बैंकले गत शुक्रवार २५ अर्ब रुपैयाँ सङ्कलन गर्न खोज्दा १३ बैंकहरुले ५५ आवेदन मार्फत ४५ अर्ब रुपैयाँ बुझाउन चाहेका थिए ।

उनीहरूले न्यूनतम २.२५ प्रतिशतदेखि अधिकतम २.९४ प्रतिशतसम्म ब्याज माग गरेका थिए । शुक्रवारको निक्षेप सङ्कलनको दर झनै २.७६३५ प्रतिशत कायम भएको छ। यसअघि २५ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्दा जसको ब्याजदर २.७७७६ प्रतिशत कायम भएको थियो । हाल अन्तर बैंकदर २.५६ प्रतिशत रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
589SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?